अर्थ बजारप्रदेश ६

प्रदेश ५ सरकारद्वारा ३६ अर्ब ३५ करोडबराबरको बजेट प्रस्तुत

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरेको हो ।

सोमबार अपराह्न ३ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेशका मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष प्रदेश ५ ले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो । आगामी वर्षको बजेट चालुृ आर्थिक वर्षको भन्दा करिब ६ करोड रुपैंयाले कम गरेर ल्याइएको हो ।

यो वर्ष प्रदेश ५ ले स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र र रोजगारी प्रवद्र्धनमा बजेटलाई केन्द्रित गरेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button