समाज

ॐ शव्दसंग जोडिएर आऊने जीवन र जगतको अर्थ

हरेक मन्त्र वा स्तोत्रको आरम्भमा उच्चारण हुने ॐ अ+ऊ+म बाट ब्रह्मा, विष्णु र शिव बुझिन्छ भन्ने पढिएको र सुनिएको छ !

देवी पुजाको समयमा देवीको वीज मन्त्रको रुपमा — ऐं ,ह्रीं, ह्रैम् , ह्रौम् , ह्रां,ह्रूं ,क्लां,ग्लों, क्लीं, सौ, हुम् , धीं,धुं , धां, फट्, बिच्चे जस्ता शव्द र अक्षरहरू विभिन्न स्तोत्रमा प्रयोग भएको पाइन्छ Iती अक्षर र शव्दको अर्थ त होला नै !
त्यत्रा मन्त्रद्रष्टा ऋषिहरुवाट उत्पत्ति भएका स्तोत्र र मन्त्रमा प्रयोग भएका ती शव्द र अक्षर निरर्थक हुने कुरा भएन !
अर्थ नबुझी पाठ गर्दा निरर्थक हुने पनि कतै कतै पढ्न पाइन्छ !
तर मसँग भएको चण्डीको पुस्तकमा ती शव्दको अर्थ छैन I

एकोहि रुद्र सः शिवः शिव ‘ शव्दको अर्थ नै ” शेरते प्राणिनो यस्मिन् स: शिव: ” हो,.अर्थात दुख, पीडा, अन्याय, संकट र सन्त्रासले थाकेका जो कोहीलाई पनि पुर्ण विश्राम दिन, शान्ति दिन र कल्याण गर्न यदि कुनै समर्थ छ भने ति ” सर्वशक्तिमान्, सर्वेश्वर, सबैका शासक एवं नियन्ता, आदिनाथ, अलख-निरंजनस्वरुप परमेश्वर ! समस्त विश्वका पालक-विश्वनाथ! विश्वका व्यापक विश्वरूप ! विश्वातीत अखण्ड परमात्मा निराकार.निर्विकार महेश्वर परमात्मा शिव ” नै हुन । जय पशुपतिनाथ हर हर महादेव ॐ नमो: शिवाय:

वर्तमानमा “लिङ्ग”लाई बुझ्नु जरुरी देखे । कलिको प्रभावले होला मानिसमा विचार नै कलह उत्पन्न गर्ने खालको आउँछ । विचारले नै हो घट्ना, दुर्घट्ना जस्ता दृश्यहरु सृजना गर्न उत्प्रेरित गर्ने । अनि जिवहरुमा सबै पराधीन तर मानिस मात्रै स्वाधिन हुने हुनाले पनि होला हरकोहि मानिसले आ-आफ्नो मनोमानि, सतहि र उट्पट्याङ अर्थ लगाउँदै व्याख्या, विश्लेषण गर्दै समाजमा आफ्नो रवाफ बढाउने ।

खैर म यहाँ “लिङ्ग” विषयमा चिन्तन गर्दैछौं । सरल रुपमा लिङ्ग भन्ने बित्तिकै हाम्रो चेतनामा प्रजनन् अङ्ग आउँछ । तर लिङ्गको अर्थ हाम्रो जनेन्द्रिय होइन । लिङ्ग केवल “चिन्ह” मात्रै हो । एउटा आकृतिमात्रै हो ।

कणाद ऋषिले वैशेषिक दर्शनमा भनेका छन् कि,(अध्याय 2/1/8) जुरो, सिङ्ग , पुच्छर, दाँत र घाँटिमा लत्रिएको छाला यो गाई जातिको लिङ्ग हो । यसले पनि लिङ्ग शव्दको अर्थ बुझ्न मद्दत गर्छ ।

फेरि लिङ्गको परिभाषा गर्दा “शिवलिङ्ग” नआउनु भनेको समुन्द्रमा छाल नआऊनु जस्तै हो । आकाशमा बादल नहुनु जस्तै हो ।

कति अज्ञानी वा भ्रमितहरुले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग ( मुत्रैन्द्रिय )लाई बुझ्दछन् र जङ्गलिहरुले मात्रै शिवलिङ्ग पुज्दछन् भन्छन् । भनिएको छ । उनिहरुले भन्ने कथा यस्तो पनि छ ।

शिवजी आफ्नो हातमा लिङ्ग लिएर नाङ्गै हिडिरहेका थिए । यो देखेर ऋषिहरुको पत्निमा, उनिहरुको चित्तमा कामोविकार उत्पन्न भइ पथ भ्रष्ट उन्मुख भएको हुँदा ब्राम्हण ऋषिहरुको श्रापले शिव लिङ्ग भुँइमा झर्यो र त्यसको तेजले पातालदेखि स्वर्ग सम्म जलाएर भष्म हुने सम्भावाना बढेकोले देवता तथा ऋषिहरुको बिन्तिमा पार्वतिले आफ्नो योनिमा धारण गरिन् । त्यहि नै शिवलिङ्ग हो ।

यो कथा रुद्र सहिँताको 12औं अध्यायमा छ । त्यहाँ कथाको सारले भन्छ जिब्रो र लिङ्गमाथि जसले बिजय प्राप्त गर्दछ उ शङ्कर समान हुन्छ । जो शङ्कर समान हुन्छ उ वस्त्र र निर्वस्त्रमा भेद देख्दैन । शिवजी त्यस दारुवनमा आफ्नो भक्तहरुको परीक्षा लिन त्यसरी नागा भएर हिँडेका थिए ।

शिवलिङ्ग उत्पतिको कथा हेर्दा ब्रम्हा र बिष्णुको को ठुलो भन्ने लडाई शान्त पार्न शिवजिले ज्योतिर्लिङ्गको स्वरुपमा दर्शन दिएको कथा शिव महापुराणको सातौँ अध्यायमा पाइन्छ । जहाँ ब्रम्हा र बिष्णुले एक स्वरमा हे निराकारवाला! हे परम तेजस्वी ! हे “ॐ ध्वनि र ॐ कार लिङ्गवाला तपाईंलाई नमस्कार छ ” भनेर ढोगेका छन् ।

अपूर्ण अनुवादको रूपमा परिपूर्ण पूर्ण निष्कलंक निर्दोष उत्तम सर्वोत्तम सुद्धर बढिया …. धेरै छन् तर यसको गरिमा दायरा बोक्ने शव्द पाइएन।

शायद “पूर्ण” हुन्छ कि ? “ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥ ॐ शान्तिः शान्तिः शान्तिः ॥” मन्त्र हेर्दा त perfect शव्दको अर्थ पूर्ण राम्रै भएजस्तो छ । तर संस्कृत भाषामा त्यो भए पनि नेपालीमा केही अझै छ कि ?

इदं सर्वं इति एतत् अक्षरम् उपव्याक्षानं भूतं भवत् भविष्यत् इति सर्वम् ओङ्कारः एव। अन्यत् च यत् त्रिकालातीतं तत् अपि ओङ्कारः एव ।।

ॐनै सबै शव्दको अर्थ हो ,ॐ भुत ,वर्तमान,र भविष्य हो । ॐब्रम्ह हो ॐ पुर्णामृत हो ॐमा नै ब्रह्माण्ड अडेको छ ।

साथै यसै शिवलिङ्ग पुजाबाट नै विभिन्न लिङ्ग र आकारको (मुर्तिपुजा) पनि यस जगतमा शुरु भएको हो ।

नम: सकलनाथय नमस्ते सकलात्मने
नम:प्रणववाच्याय नम: नवप्रणवलिङ्गिने

 

 

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button