समाज

सर्पको डसाइबाट सैनामैनाकी एक महिलाको ज्यान गयो

वर्षा ऋतूमा सर्पको टोकाइले मानविय क्षती हुने क्रममा हालसम्म पनि कमी आउन नसकेको गुनासो भैरहँदा रुपन्देहीमा पनि यस्तै अप्रिय घटना घटेको छ।
सर्पले डसेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ।
सैनामैना नगरपालिका वडा न. १० पानबारी निवासी ५० वर्षकी सुकमाया रेश्मी मगरको सर्पको डसाइबाट मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
दाँत सफा गर्दै घरको छेउमा हिडिरहेकी सुकमायालाई एक्कासी खुट्टामा विषालु सर्पले डसेको थियो।
उपचारका लागि उनलाई बुटवलको लुम्बिनी प्रादेशिक लुम्बिनी अस्पताल ल्याइएकोमा तत्काल नै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button