समाज

आफ्नै छोरीको बलत्कारी बाबु पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक ब्यक्तीलाई नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–७ का ती ब्यक्तीले गत मङ्गलबार आफ्नै छोरीको बलत्कार गरेका थिए ।
गत मंगलबार राति १३ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको कुरा पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी दिएकी थिइन्।
घटनाबारे थाहा पाएपछि पीडित बालिकाकी आमाले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा आप्mनै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए । उनका अनुसार पक्राउ परेका पिडकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button