प्रदेश ५

दाङ प्रहरीको तथ्याङ्क, सबैभन्दा धेरै अपराध शनिबार

दाङमा शनिबारको दिन सबैभन्दा धेरै अपराधिक घटना हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङले गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले आर्थिक वर्ष २०७५–०७६ को अपराधको समीक्षा गर्दा यस्तो पाइएको जानकारी दिए ।
यो अवधिमा जिल्लामा ९ सय ५७ विभिन्न अपराधिक घटना दर्ता भएकोमा शनिबारको दिनमात्रै १८७ वटा घटना घटेको पाइएको एसपी पाण्डेले बताए । यो पनि बेलुका ६ बजेदेखि राति १२ बजेसम्म बढी अपराधिक घटना हुने प्रहरीको भनाई छ । शनिबार सार्वजनिक बिदा भएकाले मानिसहरूले रिफ्रेसमेन्ट र रिक्रियसनको नाममा तुलनात्मक रुपमा बढी मदिरा सेवन गर्नाले यस्तो भएको प्रहरीको विश्लेशण छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button