खेलकुद

टिपियल कृकेट ग्राउन्डमा मैत्रीपुर्ण कृकेट प्रतियोगिता

(हेर्नुहोस फोटो फिचर)

बुटवल को नयामिल स्थित,तिलोत्तमा कृकेट ग्राउन्ड मा मैत्रीपुर्ण कृकेट म्याच भएको छ ।कृकेट टिमहरु रुरु किङ्स र मणिग्राम टाइगर्स बिच मैत्रीपुर्ण म्याच भएको हो।
टस जितेर ब्याटिङ रोजेको मणिग्राम टैगर्स ले,निर्धारित १० ओभरमा ८९ रन बनायो,उसका लागि बिनोद केसिले सर्बाधिक २६ रन जोडे भने अर्का ब्याट्स्म्यन निरज बिस्वकर्मा ले २२ रन बनाए भने अरु ब्याट्सम्यान ले एक अन्कको रन बनाउदै उत्कृष्ट रनको टार्गेट दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको रुरु किङ्स ले एक ओभर अगाबै आफ्ना चार विकेट गुमाएर लक्ष्य भेटाएको थियो।
उसका लागि ओपनर ब्याट्सम्यान बिष्णु ज्ञवाली र सुबास ज्ञवाली ले ३० रनको साजेदारी बनाएका थिए,बिश्णु ज्ञवाली १५ रनमा आउट भएपस्चात बिचमा किङ्स को पारी धुल्मिलिएको थियो। त्यसपस्चात सुबास ज्ञवाली को उत्कृष्ट २५ रनको को योगदानमा टिमले जित निकालेको थियो,किङ्स मा सन्तोश ज्ञवाली,बिज्ञान पुरि,सागर ज्ञवाली,केशब मगर लगाएतका ब्याट्सम्यान हरु थिए।

किङ्स को तर्फबाट अक्षय अर्याल ,बिज्ञान पुरि केशब मगर ले समान एक एक विकेट लिएका थिए।खेलमा जित दिलाउनका लागि सवैले आ आफ्नो तर्फबाट राम्रो प्रदर्शन गरेको टिमका उपकप्तान बिष्णु ज्ञवाली ले बताए!

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button