मुख्य समाचारराजनीतिसमाज

जनआन्दोलनका जिऊँदा सहिद मुकेश कायस्थ जो १४ बर्षदेखि बिस्तरामैं लडेका छन

दोस्रो जनआन्दोलनका क्रममा गोली लागेर घाइते भएका काभ्रेका मुकेश कायस्थ अझै ओछ्यानमा छन् । २७ चैत २०६२ मा सुरक्षाकर्मीको गोलीबाट १४ वर्षका मुकेश घाइते भएका थिए । गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी लगा एर ०६२÷०६३ को जनआन्दोलनमा घाइते कायस्थको परिवारले भने अझै देशमा परिवर्तन आएको महशुस गर्न सकेको छैन ।

२६ चैत २०६२ मा बनेपा–४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्यु पछि काभ्रे झन आन्दोलित भयो । र, त्यही क्रममा चैत २७ गते सुरक्ष कर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिन देखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् । गोली लाग्दा १४ वर्षको मुकेश अहिले २८ वर्षका भए ।

मुकेशलाई जनताले ‘जिउँदो सहिद’ को विशेषण दिएका छन् । तर, उनको पारि वारिक अवस्था भने निकै दयनीय छ । मुकेशका लागि सरकारले औषधी खर्च, एक जना अहेब र कुरुवाको ब्यवस्था गर्दै आए पनि एक बर्ष यता अहेबको सुविधा रोकिएको छ । समय बित्दै जाँदा राजनीतिक दल र सरकारले आन्दोलनको मर्म र भावना भुल्दै गएको बताउने मुकेशको परिवार आन्दोलन सफल बनाउन भूमिका खेल्नेलाई आझेल पार्न थालिएको गुनासो गर्छन। घरमै यसरी उपचार गर्न नसकिने भन्दै परिवारले मुकेशको नामबाट पुनःस्थापना केन्द्र खोलेर अन्य यस्तै विरामीको पनि उपचार गर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button