अर्थ बजारप्रदेश ५

गुल्मीको सत्यवती गाऊँपालिकामा मेसिनबाटै चल्ला उत्पादन

गुल्मी : गुल्मीमा गाउँमै मेसिनबाट ब्रोईलर कुखुराको चल्ला उत्पादन गर्न थालिएको छ । जिल्लाको सत्यवती गाउँपालिकाद्वारा जिल्लामै पहिलोपटक नँया कार्यको थालनी गरिएको हो।

इन्कुवेटर मेसिन मार्फत गाउँमै चल्ला उत्पादन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । स्थानीय किसानलाई आधुनिक तरिकाले कृषि कर्म गर्न प्रोत्साहन गर्दै गाउँलाई अन्डा तथा कुखुराको मासुमा पनि आत्मनिर्भर बनाउने उदेश्यले नयाँ प्रायोग थालिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

करीब पाँच लाख रुपैँयामा खरिद गरिएको इन्कुवेटरबाट चल्ला उत्पादन थालएपछी गाउँपालिका कुखुरापालकहरु पनि उत्साहित भएका छन् । मेशिनबाट एकपटकमा ६ सय चल्ला उत्पादन गर्न सकिने पनि गाउँपालिकाले जनाएको छ । अण्डाबाट चल्ला तयार पार्न २१ दिन लाग्ने गर्दछ ।

पहिलो पटक किसानले दिएका ४०० अन्डाबाट २१० वटा चल्ला निस्किएको बताईएको छ ।

सत्यवती गाउँपालिकाले स्थानिय कृषकहरुलाई अनुदानमा हेट ट्याक्टर बितरण गर्ने, उत्पादित कृषि उपजहरु ढुवानी गर्न सवारी साधनको ब्यवस्था गर्ने, संकलन केन्द्र सन्चालन गर्ने, खसी बोका तथा दुध निर्यात गर्ने, उन्नत जातको बाख्राहरुको प्रदर्शन गर्ने लगायतका नमुना कामहरु गर्दै आएको छ । साथै वडा नम्वर ३ ठुलोलुम्पेकका सय घरधुरी किसान आत्मानिर्भर बन्ने गरी सो गाउँपालिकाले ब्यवासायिक तरकारी खेती सुरु गरेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button