समाज

ठूलो परिणाममा नक्कली भारतिय रुपियाँसहित ६ जना पक्राऊ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद सुटकेसमा ४ करोड रुपैयाँभन्दा बढी नक्कली भारतीय रुपैयाँ रहेको पाइएको छ ।

‘अरु गनिरहेका छौं, केहीछिनमा यसको यकिन डाटा आइपुग्छ,’ प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेले भने।

कतारको दोहाबाट नेपाल भित्र्याउँदै गरेको २ सुटकेसमा नक्कली भारतीय रुपैंयाँसहित युनुस अन्सारीसहित उद्धिन नासिर, अनवर नासिर र अख्तर मोहम्मद छन् भने युनुसका चालक र सहयोगीलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ ।

२०७० सालमा ३५ लाख रुपैयाँ नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारीलाई ललिपुरबाट प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button