अर्थ बजार

कृषिमा कालो दारीको खोजी

प्रकाश पौडेल –

गाऊंहरुमा जांदा अलीअली कालो दारी वांकि भएको मान्छे भेटिएछ भने पनि भगवान भेटेझैं हुने अवस्था छ। यस्तो कुनै योजनाकार पनि यो देशमा छैनन होला जसले बृद्ध वा-आमालाई खेतवारीमा बलजफ्ती ऊभ्याएर सेल्फी खिच्दैमा समृद्धिको सपना पुरा गर्न सकिन्छ भन्नेमा बिश्वास गर्दछन। तर, चाहे किसानले काउली फुलाएर पहेंलपुर तोरी वना‌ओस, चाहे उसले तरकारी खान भनेर रोपेको वन्दावारीमा डोजरले जोतेर आफ्नै मल कारखाना खोलोस, वा खेतवारीहरू सदाको लागी खण्डहर भएर बांझिएको झिरजस्तो खवरले उनै पौरखि हजुरवुवाका कानमा तिखो अट्टहास रोपियोस, हामीलाइ सेल्फी र समृद्धिको रटान गाउंदैमा फुर्सद छैन।
सिंहदरवारभित्रको सम्पत्ती माथी नै समेत सरकारको स्वामित्व र नियन्त्रण हराइरहेको वेला, म जस्तो कृषिको जेटीएले “गाउंका जग्गाहरु वांझै छन् भनें भने, खेत जोतेर अन्न उव्जाउने पवित्र व्यवसायमा संलग्न हुन चाहने कोही युवक पनि गाउंमा भेट्न सकिंन भनें भने, अथवा मैले कृषिको व्यवशायीकरण र आधुनिकीकरण गराउंन धेरै चुनौतिहरु देखेकोछु भनेंभने, तपाइसंग “अफ द ट्रयाक” गुनासो गरेका कारण म शायद हांसोको पात्र वन्दछु होला। तर गाउंको कथा कहालिलाग्दो छ, अवस्था यति भयावह छ की, विदेशी भुमीमा लाखौं कमाउने छोराकी वृद्ध आमा एक्कासी विरामी हुनुभयो भने एम्वुलेन्सलाइ फोन गरिदिने मान्छे पनि गाउंमा भेट्न मुश्किल छ। चाहे जतिसुकै पैसा खल्तिमा हालिदिनेगरी छोरा हुर्काएको कीन नहोस, वा-आमाहरू आज सन्तानको स्पर्सको अभावमा तड्पी तड्पी आंसु झारीरहेका छन। मैले विगत केहि महिना देखि गाउंका सैयौ खाली आंगन हरु टेकेको छु। वृद्ध वा-आमाका कुरा सुनेको छु। छुट्टीने वेलामा च्याप्प हात समातेर भन्नुहुन्छ की ‘आज त आफ्नै छोरो फर्किएर आएको झैं लाग्यो, अव फेरी कहिले आउंछौ नानी?” म अकमक्क पर्छु। मन भक्कानिएर आंउछ। म जवाफविहिन भएर फर्किन्छु।
त्यसैगरी गाउंमा डुल्दा दर्जनौं आधारभुत विद्यालयहरु विद्यार्थिको अभावमा सदाको लागि वन्द हुंदैगरेको देखेको छु। गुणस्तरिय शिक्षाको केन्द्रिकरणका कारण आज प्राय: सवै वुहारीहरु नाती नातीना च्यापेर सदरमुकाम वा राजधानिमा डेरा गरी वस्न वाध्य छन। यस्तो वाध्यताले जन्माइदिएको स्वतन्त्रता पनि यति डरलाग्दो विकृति वोकेर समाजमा झांगीइरहेको छ, की कतिपय अवस्थामा त “विग्रह” नै पारिवारिक शान्तीको अन्तिम विकल्पको रुपमा आउने गर्दछ।
यसरी गाउंहरु घुम्ने सन्दर्भमा एकदिन म लगायत म संगै काम गर्ने वाली विशेषज्ञ नवराज गुरूङ् ज्यु हाल कार्यरत रहेको सिन्धुपाल्चोक जिल्लाको एक गांउमा पुगियो। सवै बावुआमाहरू काठमाडौंतिर गएका कारण स्थानिय स्कुलमा पढ्ने एकैजना वच्चा पनि नरहेको कात्तिके स्वांरा भनिने त्यो क्षेत्रको भौगोलिक अवस्था चाहिं यसरी आइसोलेटेड भएको रहेछ कि, प्राविधिक आंखाले हेर्दा त्यो ठाउं मकैको हाइव्रीड विउ उत्पादनको लागि अत्यन्तै उपयोगि हुने देखियो। भारत लगायत अन्य मुलुकहरुवाट नेपालमा ल्याइ केहि हाइव्रिड जातहरुको खेती गर्ने गरिएको र यसको व्यापार पनि राम्रै हुनेगरेको भएतापनि नेपालमै हाइव्रीड विउ उत्पादन गरेर विदेशिइरहेको पैसा नेपालमै रोक्न सकिन्छ भन्ने विषयमा कतिपय विद्वानहरु नै पनि कन्भिन्स नभइरहेको अवस्थामा हामिलाइ त्यहि कात्तिके स्वांरामै हाइव्रीड विउ उत्पादन गरेर देखाउने जोश भरीएर आयो। मकैको हाइव्रीड विउ उत्पादन गर्ने काम अलि जटील कार्य हो, एकजना तालिम प्राप्त प्राविधिक भर्ना गरेरै भएपनि उत्पादन गरिछाड्ने निर्णय गरियो। ठाउं मनपर्यो, हामि त्यहि जग्गाको पछि लाग्यौं। सम्वन्धित मान्छेहरु चिनियो। सामान्य अन्तरक्रीया पनि भयो। पाको उमेरका जग्गाधनि/घरमुलीहरुले हाइव्रीड विउ उत्पादन गर्ने विषय स्विकार गर्नुभयो। तर जव मकैका इन्व्रिड प्यारेन्ट लाइन हरु छर्ने वेला भयो, हामि विउ लिएर त्यहां गयौं। त्यहां पुगेपछी पो थाहा भयो कि काम गर्ने युवाहरु त छैनन रहेछ। लगभग ६० भन्दा माथिको उमेरका ४/६ जना प्रौढ किसानहरु वारिमा निस्किनु भयो। पुरै ४० रोपनि जग्गामा एकै समयमा ४/६ जनाले मात्र मकै छर्न सक्ने स्थिती देखिएन। गांउमा अरु दिदी वहिनीहरु पनि छन भन्ने सुनीयो र वोलाउन लगाइयो, तर उनिहरुको कुरा अलग रहेछ। काम गर्ने विषयमा सामान्य कुराकानीहरु भए। उनिहरुलाइ लागेको रहेछ की उनको गांउमा पुगेका हामी प्राविधिकहरु नै खेत जोत्ने र मकै छरिदिने काम गर्न आएका हौं। विनाशकारी भुकम्पले थलापरेको सिन्धुपाल्चोकमा तत्काल राहतको लागी अनेक खाले संघ संस्थाहरु आएर सेवा गरेका रहेछन। गाउंमा जो पनि जान्छ, उसले केहि न केहि दिएरै फर्किने गरेको रहेछ। यो अनुभव कुनै एक गांउको भएतापनि विभिन्न संघ संस्थाहरुको आवश्यकता भन्दा वढी उपस्थितिका कारण समग्र भुकम्प प्रभावित क्षेत्रहरुको स्वाभिमान त यसरी ढलेको रहेछ कि धेरैजसो मान्छेहरु भुकम्पको ४ वर्षपछि पनि हात थाप्ने प्रवृतिमै अभ्यस्त भएको मैले पाएको छु । संस्कार नै यस्तो वसिसकेको प्रतित हुन्छ कि अवका दिनमा आफ्नोलागि आफैले काम गर्नुपर्छ भन्ने मान्यतालाइ सामान्य रुपमा पुनर्स्थापित गर्न पनि वर्षौ लाग्ने जस्तो। एकजना महिलाले त मुखै फोरेर भन्नुभयो की “तपाइंहरु आएपछि त तपाइंहरुले नै मकै छरिदीनु परिगो नि, मकै नछरिदिने भए किन आएको त?” एकै क्षण त म अवाक जस्तै भएं। र सम्हालिएर भनें “हामि सवैजना मिलेर छरौं न हुदैन?” भुकम्पको मारमा परेको हाम्रो देशैभरीको ग्रामिण भेगको कथा वोकेको यो त एक प्रतिनिधी दृष्टान्त मात्रै हो। भुकम्पले त हामिलाइ झन झन माग्ने वनाएको मैले वुझेको छु। म संग हाल उच्चमावि स्तरको कक्षामा कृषि पढ्दै गरेका ओजेटी भाइवहिनीहरु पनि छन त्यसैगरि वि एस्सी कृषि पढ्दै गरेका एल इ इ इन्टर्न भाइहरु पनि छन, कार्यालय सहयोगि लगायत, अधिकृत र म आफै पनि फील्डमा उत्रिएं, जोन सन्चालक समितिका केहि पदाधिकारिहरु पनि हुनुभयो र हामि जम्मा १५ जना अफीसको तर्फवाट किसानको खेतमा खटियौं। जग्गाधनि प्रौढ किसान हरु ६/७ जना समेत जोड्दा हामि २०/२१ जनाले ४० रोपनि क्षेत्रफलमा ३ दिन लगाएर हाइव्रीड मकै विउ उत्पादनका लागि नियमानुसार वावु अमाको रुपमा प्रयुक्त हुने भाले इनव्रीड लाइन र पोथी इन्व्रीड लाइनका मकैका विउहरु छर्यौ र घर फर्कियौं।
यस सन्दर्भमा अव सोच्न जरुरी छ कि हाम्रा योजनाहरू किन युवा मैत्री भैरहेका छैनन? किन हाम्रा भाई बहिनीहरू कलिलो ऊमेरमै वैदेशिक रोजगारिको दुरूह बाटो रोज्न बिवश छन? बैदेशिक रोजगारिलाई ब्यवस्थित गर्ने नाममा कतै हाम्रै सरकारी कदमका कारण हाम्रा भाई वहिनीहरू विदेशिन हौसीईरहेका त छैनन? किन दिनदिनै वढ्दो दरमा युवाहरू निर्यात भैरहेका छन? के गाउंमा नवस्नु र जग्गा वांझो राख्नु नै सभ्यताको आधार हो? कसले सोच्ने हो? नेपाल इश्वरको तथास्तु वरदान प्राप्त देश छ, जल, जंगल, जडीवुटी र जमीन प्रशस्त छ।तर यी प्राकृतिक सम्पदाको व्यवस्थापन र उपयोग गरि संमृद्ध नेपाल निर्माण गर्ने युवा शक्तिचाहिं उल्लेख्य संख्यामा एक्सपोर्ट भइरहेको छ। कहिलेकाहीं त यो मन यसरी पोल्छ र भन्न मन लाग्छ कि, युवालाइ विदेश पठाउने सुनियोजीत चाल जस्तै प्रतित हुने पोलीसीहरु मार्फत जनताको निर्यात वन्द गर्न सरकारले वैदेशिक रोजगार विभाग खारेज गरोस। कृषिको व्यवसायीकरण र आधुनीकीकरण विना समृद्धि सम्भव छैन भन्ने कुरालाइ भाषणको विषय मात्र नवनाइयोस, समृद्धिकोलागि कृषि नै मुख्य इन्जिन हो भने कृषिको लागि युवा नै मुख्य इन्जिन हो। सम्माननिय प्रधानमन्त्री ज्यु ! रेमिटेन्समा आधारित अर्थतन्त्रको टेको लगाउनुपर्ने अवस्थामा लर्खरिंदै उभिएको क्षणिक समद्धिले त नेपालका गाउंहरुमा केवल दुख शिवाय केहि थप्ने छैन। समृद्ध नेपाल र सुखी नेपाली देख्ने तपाइको सपनालाइ अव यथार्थमा अनुवाद गर्नु छ। तपाइंले हरेक दिन हजारौंको संख्यामा विदेशिइरहेका नेपाल अामाका सुयोग्य छोराछोरीहरुलाइ गाउंमै रोक्ने अत्यन्तै कठोर पोलीसी ल्याउन सक्नुहुन्न भने, र त्यसको लागि आवश्यक भएमा जस्तो सुकै अप्रिय कदम उठाउने समेत शाहस गर्न सक्नुहुन्न भने कमसेकम जेटीएहरु संग चाहिं “नेपालमा कृषिको व्यवसायीकरण र अाधुनिकीकरण किन हुन सकेन?” भनेर नसोध्नुहोला।

पौडेल सिनियर प्लान्ट प्रोटेक्सन अफीसर साथै कृषि विकास मन्त्रालय (हाल: प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन सिन्धुपाल्चोकका प्रमूख हुन।

प्रकाश पौडेल

contact-form][contact-field label="Name" type="name" required="true"/][contact-field label="Email" type="email" required="true"/][contact-field label="Website" type="url"/][contact-field label="Message" type="textarea"/][/contact-form]

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button