समाज

दरवार हत्याकाण्डबारे लेखिएको पुस्तक सर्वजनिक हुँदै

काठमाडौं : १९ जेठ ०५८ मा भएको तत्कालिन राजा वीरेन्द्र शाहसहित परिवारका विभिन्न सदस्यको नरसंहार सम्बन्धीको आंशिक जानकारी सोमबार सार्वजनिक हुने भएको छ ।

सो हत्याकाण्डका बेला पनि दिवंगत राजा वीरेन्द्रका एडीसी रहेका सैनिक अधिकारी सुन्दरप्रताप रानाले पुस्तकमार्फत यस्तो जानकारी दिन लागेका हुन् ।

उनको पुस्तक ‘दरबारका दुखान्त– राजपरिवारको र संहार ः मैले जसरी देखें’ किताब पब्लिसर्सले बजारमा ल्याउन लागेको हो । उनले पुस्तकमा दरबार हत्याकाण्डमा आफूले देखेको चित्र मात्र बयान गरेका छैनन्, दरबारभित्रका अनेक अभ्यासका विषयमा पनि उल्लेख गरेका छन् ।

दरबार हत्याकाण्डको १८ बर्षपछि संहारको विषयमा आंशिक आधिकारिक संस्मरण बजारमा आउन लागेको हो । त्यसबेला प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाटको छानबिन समितिले तत्कालिन युवराज दिपेन्द्र शाहले नै परिवारका सबैको गोली हानी हत्या गरेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

‘रानाको संस्मरणले उनले देखेका र भोगेका विषय बाहिर आउनेछन्, कसरी कसले किन हत्याकाण्ड मच्चायो भन्ने सन्दर्भमा पनि आंशिक रूपमा खुल्नेछ’, दरबारसँग जोडिएकाहरू भन्छन्,‘यसअघि उक्त घटनाका सन्दर्भमा खासै धेरैले मुख खोलेका थिएनन् ।’

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button