कला साहित्य

वुद्धजयन्ति विशेष कविता: सुन्दर र शान्तीभूमी नेपाल

वुद्धले शान्ति छरेको देश
सगरमाथाले भरेको देश
नदी र नाला बगेको देश
ईश्वरमा आस्था हुनेदेश ।।

चन्दनको रुख झैँ पवित्र
मेरो यो देश बनाउनु पर्छ
यस्तो शोच हरेक नेपाली
हृदयमा मै पलाउनु पर्छ ।।

काँशकोफूलझैपवित्रमैले
मेरो जन्म भूमि पार्नु पर्छ
यस्तो शोच हरेक मनमा
नेपालीले चिताउनु पर्छ ।।

गण्डकीको पवित्र जलझैँ
देशनि पावन बनाउनु पर्छ
टुक्रामाहैनछातीमादेशको
सग्लो स्वरुप कोरिनु पर्छ ।।

धानकाबाला झुले जसरी
देश छातीमा झुलाउनुपर्छ
सगरमाथाको समृद्धिले नै
देशको पहिचान बढ्नुपर्छ ।।

नेपालीका आँखाबाटअव
आँशु जति नै झिक्नु पर्छ
मुहार भरि खुशीको हाँसो
खोजेर ल्याउनु पर्छ पर्छ ।।

हरेक खोलानाला देशका
पनित्र भै बग्न पाउनु पर्छ
डाँडा,काँडा फलफूलहरु
लगाएर टम्मपारी भर्नु पर्छ ।।

एकताकोशंखघोषदेशमा
मिलेर हामीले फुक्नु पर्छ!
नत हाम्रो जीवन देशभन्दा
ठुलो हो यो बुझ्नु नै पर्छ ।।

शोभा काफ्ले खतिवडा

काठमाण्डौ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button