विचार ब्लगशिक्षा

शिक्षामा दासता : कवितान्जली मिश्रको बिचार

कवितान्जली मिश्र

“नेपालको लोकतन्त्रको उदयसँगै नेपालमा शिक्षा प्रणाली पनि आयो । त्यो शिक्षा प्रणाली नेपाली विशेषताको, नेपाली मौलिकताको, नेपाली आवश्यकता अनुकूल थिएन । विदेशी आवश्यकता, विदेशी मौलिकता, विदेशी हितलाई संरक्षण गर्ने खालको थियो ।
बेलायतका शिक्षाविद् लर्ड मेकालेको शिक्षा प्रणाली भारतको बाटो भएर नेपालमा आयो लर्ड मेकालेले पठाएको कोट ( शिक्षा) लाई ०४७ सालको ऐन संशोधन गरेर खुला शिक्षा पनि भनेर जोडियो ।

शिक्षामा खुला व्यवस्थाले गर्दा दुईवटा शक्ति हाबी छ

एउटा शिक्षामा लगानी गर्ने शैक्षिक माफियाहरु देशभित्र र बाहिर छन् । दोस्रो नीतिगत रूपमा राष्ट्रको हित हुने प्रकारको शिक्षा नीति छैन । त्यसै कारणले शैक्षिक पलायन, विदेश जाने, देशमा रोजगारी नपाउने तमाम समस्या छन् । किनभने त्यो शिक्षा प्रणालीले त्यतै केन्द्रित गरेको छ ।
हामी आफूप्रति गौरव गर्ने भाषा, धर्म, संस्कार, परम्परा आफ्नो माटो, देशको प्राकृतिक स्रोत र साधन, यसको सुन्दरता, गौरव र यसको विकास गर्नेभन्दा पनि विदेशीहरुको नक्कल गरेर त्यसप्रति प्रभावित हुने खालका छाँै ।यस प्रकारको मनोवृत्ति भनेको सामन्तवादभित्रको दास मनोवृत्ति हो ।

नेपाली शिक्षा नीतिमा विदेशी आत्मा भएर हुँदैन

शिक्षा मन्त्रालय विदेशी डोनरहरुको प्रभावमा छ । डोनरहरुले हामीलाई पैसा नेपालीका छोराछोरीले पढ्न पाएनन्, यिनीहरु गरिब भए भनेर दिएका होइन । दुनियाँमा साम्राज्यवादीहरु त्यति दयालु हुँदैनन् । उनीहरु कठोर हुन्छन् । मान्छे मार्छन् । आफ्नो स्वार्थपूर्तिको लागिलगानी गर्छन् ।अमेरिका वा युरोपियन युनियनबाट गर्ने सहयोग आफ्नो हित कहाँबाट पूर्ति हुन सक्छ भनेर भाषा, साहित्य संस्कृतिका माध्यमबाट आफ्नो एकाधिकार कायम गर्नका लागि लगानी गरेका छन् ।
जनक शिक्षा सामग्रीविरुद्धमा धेरै समाचार आए । डोनरले जनक शिक्षा सामग्रीलाई बन्द गर्नुपर्छ भने । किनभने पाठ्यपुस्तक निजीबाट छाप्नुपर्छ उनीहरु नै भन्छन् । जो पैसा दिने विदेशी संस्था छन् ती संस्थाका प्रतिनिधिहरु यहाँका प्राइभेट प्रकाशकहरुसँग मिलेका छन् । यताबाट छापेपछि अर्बौं पैसा हुन्छ । त्यसकारण त्यो बन्द गरिदिनुपर्छ, निजीलाई दिनुपर्छ भन्छन् ।
‘ शैक्षिक माफिया तिनै हुन् जसले पार्टीकै झण्डा ओढेका छन् । त्यसपछि राष्ट्रको भविष्य होइन आफ्नो हित, स्वार्थ र परिवारको हित हेरेर काम गर्छन् । यही कारणले शिक्षा, स्वास्थ्य र यातायातका समग्र सिस्टममा यसले हामीलाई बिगारेको छ ।
‘ हाम्रो शिक्षाको आधार प्राविधिक र व्यावसायिक हो । त्यस्तो शिक्षा भयो भने युवाहरु बेरोजगार पनि हुँदैनन् । बाहिर जाने मानिसले पनि राम्रो कमाइ गरेर आउँछ । सीप सिकेर गएको हुन्छ । दक्ष जनशक्तिको तलब स्केल पनि बढी हुन्छ ।
हामीले चाइनिज भूगोल र इतिहास पढ्नु नपर्ने तर बेलायती भूगोल पढिदिनुपर्ने भयो । अमेरिकन इतिहास र त्यहाँको राजनीतिक प्रणली पढिदिनुपर्ने भयो । तर नेपाल नपढे पनि भयो । हाम्रो किताबले हामीलाई गलत दिशातिर लग्यो । त्यसकारण हाम्रो स्वतन्त्र राष्ट्रमा भाषिक दासता छ ।”(नेपालको शिक्षाको सम्बन्धमा सुनिता न्योपानेले माओवादीका नेता दीलनाथ शर्मा संग गर्नु भएको कुराकानी,रातोपाटी २७ वैशाख २०७६)
यो कटु यथार्थता हो। लामो समय सम्म शिक्षण पेशा गरेर अनुभव सगाल्नु भएका, २०६७ मा डा. बाबुराम भट्टराई को मन्त्री मण्डलमा तात्कालीन माओवादी पार्टीको तर्फबाट शिक्षा मन्त्री हुनु भएका दीनानाथ शर्मा को तितो तिक्तता हुनुपर्दछ।
संयोग नै भनु एउटा यस्तो सुबर्ण अवस्था र अवशर
डा भट्टराई जस्तो विद्धान र उहाँ आफै पनि वौद्धिक व्यक्ति को संयोग जुर्नु तर दुर्भाग्य
गलत शिक्षानीतिको यथार्थता वोध हुदा हुदै पनि शिक्षा मन्त्री जस्तो नेतृत्वदायी पदमा बहाल रहेको अवस्थामा पनि निरिह बन्नु परेको कुरा उहाँ मार्फत नै पोखिनु उदेग लाग्ने कुरा हो ।

“नेपालको शिक्षा नीतिमा गुणात्मक परिवर्तन गर्नुपर्छ भन्ने कुरा मैले शिक्षा मन्त्री हुँदा प्रयत्न गरेँ । मैले ऐन बनाएँ । रामवरणले प्रमाणीकरण गर्नुपथ्र्यो तर उनले रोकिदिए । ऐन बनाउने कुरामा शैक्षिक माफिया, विदेशी र काङ्ग्रेसहरुले विरोध गरे ।”भन्ने जस्ता भनाईले उहाँ आफ्नो पदीय जिम्मेवारीमा स्वतन्त्र हुनुहुन्न रहेछ भनेर बुझ्न बाध्य बनाएको छ ।
हामीले चुनेर पठाएका मन्त्रीहरूले चाहेर पनि नेपाल र नेपालीको हितमा काम गर्न सक्दा रहेनछन् ।हामीले अपनाएको तन्त्र र प्रणाली विदेशीले उतैको लागि रोपिदिएको वोट रहेछ फल उतै मात्र लाग्ने।नेपाली हावापानीमा फल नलाग्ने।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button