थप

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालत हेग पुगेका पूर्व बालसैन्य लडाकू लेनिन विष्टको आक्रोश

सानै उमेरमा देश परिवर्तन गर्नुपर्छ
समानता ल्याउनु पर्छ
अन्यायका लागि लड्नु पर्छ भन्दै किताब कापि च्यात्न लगाईस
बुर्जुवा शिक्षा काम छैन भन्दै झन्डा र बन्दुक बोक्न बाध्य बनाईस
बाल मनस्थितिमा बिद्रोहि कुरा गर्न लगाईस
पटक पटक आफ्नै सदस्यहरु माथि घात गरिस
अनि अन्तर्घात मा रमाइस
जनताले विश्वाश गरेको मतको पटक पटक दुरुपयोग गरिस
भ्रस्टाचार-गुटबन्दी र असाह माथि अत्याचार गरिस
बार्ह बर्षकै उमेरमा बन्दुक बोकाईस अनि चुनाबको नाममा बाइस पल्ट भोट हाल्न लगाइस
सुत्दा-उठदा-खादा-बस्दा लोकतन्त्र र समाजबाद घोकाइस
निष्ठाको राजनीति गर्नेहरुलाई सधैं पाखा लगाइस
तेरो मुल्य आफैले आफुलाई अवमुल्यन गर्दै सारा माओबादी समर्थकको नजरमा आफ्नै बिचारमा लज्जा बोध गराइस
टुटाइस-फुटाइस त्यसैमा भोज गरिस
मोज गरिस
पार्टीप्रति बफादार धेरै अग्रजहरुलाई पाखा लगाइस
अनुजहरुलाई जहिल्यै दास बनाइस
युवाहरुलाई कार्यकर्ताभन्दा माथिको दर्जा नै कहिल्यै दिईनस
तैले फाईदा हुने र अबसर चुम्ने सबै ठाउमा आफन्त र चम्चेहरुलाई पुराइस
जेल-नेल भोगेका गोली थापेकाहरुको दु:खमा फिस्स हासो उडाइस
पटक-पटक लज्जाबोध गराईस
फेरी-फेरी एकै ब्याक्तिलाई मात्र पद र प्रतिस्ठा दिलाईरहिस
ठुलो जनाधार हुँदाहुँदै पनि आँफै पछाडि पर्ने नेतृत्व जन्माइस
कर्णघन्टा बोकेको राक्षस जस्तो आफ्नो कानमा झुन्डिएको घण्टाको मात्र आवाज सुन्ने अहंकारि नेतालाई मात्र तैले पोसिलो बनाइस
सहि ठाउमा सहि ब्याक्ति चुन्न तैले कहिल्यै सकिनस
सरकारका धेरै क्षमतावानहरुलाई पाखा लगाइस
तेरै समर्थक हुनाले परिस्थिति नमिलेर होकि
भुलचुक पनि हुनसक्छ भनेर बिद्रोह गरिन
तर,
तैले जहिल्यै आफ्ना निस्ठावान ब्यक्तिहरुलाई रुवाइस
तेरो बैगुनी चरित्रले धेरै लोकतान्त्रिक योद्धाहरु पाखा लागे
कोही धेरै योद्दाहरु खाडिको तातो घाममा हिजोको सपना प्रति धिक्कार गर्दै होलान्
भने
कोहि चिया पसले बने
कोही बाख्रा हेरेर बस्ने बाध्य छन
खोसिएको अधिकार माग्दा कहिले कोठा तोडफोड गर्न लगाईस त कहिले बर्षौ जेल हालिस
तेरो समर्थनमा भएका केही अपराध ( सच्चा योद्धाहरु प्रति गरेको अन्याय, बाल्य अवस्था दुरुपयोग प्रतिको तैले गरेको अन्याय क्षमा योग्य छैन ।
अब त आफै भन म तेरो बिरुद्ध बोलु कि नबोलु ?

पूर्व बालसैन्य लडाकू लेनिन विष्ट को फेसबुक वाल जस्ताको तस्तै साभार गरिएको हो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button