कला साहित्य

शोभा काफ्लेको आग्रह: छिमेकबाट पाठ सिकौं

उत्तर र दक्षिणका सिनाहरुमा
समृद्दिको धाम झुल्कि सक्यो!
हाम्रो भने जीवनका पल सारा
आशामा नै बिति नै पो सक्यो

छिमेकीको समृद्दिको पनि एक
पाठ अव छिट्टै हामीहरु पढौँ !
यो देश नबने मान नै पो रहन्न!
यो कुरा मनन् छिट्टै सबैले गरौँ !!

किन रमेनन् यो देशका सारा जनता!
तिमीले जनतालाई आफैँ भेटेनौकी?
माथीकालाई मात्र धेरै सुख खोज्दा
जनताको पो सारा पिडा भुल्यौ की

तिमी गाऊँ गाउँमा नै पुगेर आफैँ अव !
जनताका माझमा पनि त बुझ्न जाऊ!
सत्ता र भोग,विलास जति सबै त्यागि !जनताको पाउमा भक्तिले कर्म चढाऊ!

दुखेको तिनको पिडालाई बुझी
तिमी तिनीहरुको चित्त बुझाऊ!
देश दुख्दा तिमी दुख्नुपर्छ भनि
यो कुरा पनि बुझेर गाऊँ जाऊ !

जनताका मनका पिडा ब्यथा पनि
तिमीले नै स्पष्ट सित बुझ्नु पर्छ !
पिडा कष्ट र कठीनाई के के रहेछ ?तिनको निराकरण पनि पो गर्नु पर्छ!!

असन्तुष्टि किन उब्ज्यो जनताहरुमा
कारणहरु आफैँ पत्ता लगाएर आऊ !!
के र कति वाचा गरेको थियौ पहिले
पूरा छिट्टै गर्छु भनि प्रण गरेर नै आऊ!

जनताको मन जित्ने काम पो हुनु पर्छ
देश समृद्द बने तिम्रो कद आफैँ बढ्छ
बोली,बचन,हिँडाइ जन चाहनामा होस्
देशको समृद्दि होस जनमत तिमीलाई मिलोस्!!

समस्याले जनताको जीवन पिडामा छ
कसरी सकिन्छ तिनको समाधान गर्नुछ
के हो सारा दु:ख बेदना जनताको मनलाई सोध!
देश किन दुख्यो यसको मूल कारण
के हो बुझ !

कुरा सबै बुझेर पनि आऊ मनमा विश्वासनै जगाऊ!
अनि जनताको मनको आशिर्वाद
तिमी धेरै पाऊ!!

भाषण धेरै सुनेर आजित
जनताको मुहार हेर !
कति आशामा मरि सके कतिले
आँशु झारे बुझ!!

सिमानामा हेर समृद्धिको
तातो घाम लागि सक्यो !
देश भने झन झन कसरी
ओर्हालो पो लागि सक्यो

साना साना कुरालाई अव
ठुलो ठानी बिवाद नगरौँ
देश भन्दा ठुलो केही हैन
यो कुरा हामी मनले बुझौँ

सहयोग गर्ने हातको पनि
समयमा सहयोग लिऊँ
देश बने पछी हामी यो
सारा ऋण चुक्ता गरौँ!!

शोभा काफ्ले खतिवडा,
काठमाण्डौ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button