कला साहित्य

प्रशान्त महासागरका दुई धारिला कविताहरु

१)

बुद्धिलाई ब्राह्मण र शक्तिलाई क्षेत्री भनिएको हो ।
सुझबुझ हुनेलाई मनुष्य भनिएको हो ।

पशु भन्दा फरक र पन्छी होईन् भन्न मान्छे भनिएको हो ।
लिङ्ग भिन्नले पुरुष र स्त्री वर्गीकरण गरिएको हो ।

जिम्मेवारीले बुबा र दायित्व कर्तव्यले आमा सम्बन्ध बनिएको हो ।

अहमले धर्म जन्मिएको हो ।
स्वार्थले कमाई बिग्रीएको हो ।

नियतिले जीवन मृत्यु बदनाम बनिएको हो ।
नैतिकहिन कुराले राजनीति लाचार बनिएको हो ।

बुझ्नुस्
फूलको इज्जत काँढाले लूटिएको छ
हैकम चलाउन तिम्रो कमीलाई हतियार मानिएको छ ।

२)
आफ्नो….म !
तिम्रो हो भन्दै भन्दिन्
चाहे मेरो पुतला बनाई जलावस्
या मैले आत्माहत्या गर्नुपर्छ
कुरा गरियोस्
विवेक लगायत नैतिकताको बहस चलोस्
ऋण बढेर आकाशैले थिचियोस्
तर म विलासिता त्याग्दिन्
समृद्धि र विकास झुठो बोलेरै भएपनि गर्छु
बाघले घास खाँदैन् भने जस्तै
न्यायको लागि आत्मा मन्थन गर्दिन्
त्यसै त
जस्ले काट्छ उसले चाट्छ उखान रहेको भूमिमा
आफ्नो अधिकार र पहिचान मासिने व्यवस्थामा
गलत कुरा फलाउने मन्त्र तन्त्रमा
झन तिम्रै हो भन्न थालियो भने
नभन्दा त सुकुम्बासी…अर्बपति हुने ज्ञानभूमिमा
ऋषिमुनी सबै शिशिमुनी रम्ने कार्यकर्ता बारीमा
इज्जत आबरुको कुरा
धर्म दर्शन सत्यतथ्य आदर्श संगत हुँदिन्
आफ्नो…म !
तिम्रो हो भन्दै भन्दिन्
भोली म हुन्छु त्यो त मान्दिन्
जीवनमा
आफैलाई थुक्न पाए
अरुलाई थुक्नुपर्छ यो पनि भन्दिन्
बाँच्न इज्जत बेच्नु, देह बेच्नु एउटै हो मान्दिन्
आफ्नो… हो म ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button