राजनीतिविचार ब्लगविशेषव्यक्ति बिशेष

मार्क्सवाद सोंच्ने (बिचारको पद्धती) हो,

कार्ल माक्र्स जन्मिएको दुईसय वर्ष पूरा भएको छ । कम्युनिस्ट घोषणापत्र जारी भएको १ सय ७० वर्ष पुगेको छ भने माक्र्सवादको जन्म भएको पनि लगभग यति नै वर्ष भइसक्यो । माक्र्सवादका अविष्कारक माक्र्स हुन् तर एङ्गेल्ससँग उनको भेट नभएको भए, एङ्गेल्सले आफ्नो ज्ञान, समय र सम्पत्ति माक्र्सवादको जन्म र विकासमा नलगाएको भए वा आफ्क्नो ज्ञान, समय र धन लगाइसकेपछि माक्र्सवादको नाम आफ्नै नाममा वा संयुक्त नाममा हुनुपर्छ भनेर एङ्गेल्सले दावा गरेको भए माक्र्सवादको जन्म, विकास र विस्तार कसरी हुन्थ्यो होला ? एङ्गेल्सको वर्गप्रतिको निस्वार्थ लगावलाई केन्द्रमा राखेर हामी खुलेर बहस गर्न सक्छौँ कि हिजो वा आजको कम्युनिस्ट आन्दोलन सामूहिक नेतृत्व, क्षमताहरुको केन्द्रीकरण र वर्गप्रतिको निःस्वार्थ लगावबाट मात्र विकास सम्भव छ ।
कार्ल माक्र्स (सन् १८१८–१८८३) र फ्रेडरिक एङ्गेल्स (सन् १८२०–१८९५) ले आफ्नो समयमा जन्मिरहेका नयाँ सामाजिक अन्तरविरोधहरु र चलिरहेको सामाजिक वर्गबीचको सङ्घर्षको महत्वलाई अरुले भन्दा पहिला र राम्रोसँग बुझ्न सफल भए । उनीहरुको प्रतिभा जन्मजात थिएन । प्रकृति प्रदत्त वरदान पनि थिएन । बरू अनवरत तथा अथक मेहनत थियो जसले माक्र्सवादको अविष्कार ग¥यो ।

सन्दर्भ: २०१औं मार्क्स जयन्ती

इतिहासको जुन घडीमा माक्र्सवादी सिद्धान्तको जन्म भयो, त्यस घडीमा माक्र्स र एङ्गेल्सबाट यो सिद्धान्तको प्रतिपादन नभएको भए यो काम अरू कसैबाट हुने थियो किनभने यो एक ऐतिहासिक आवश्यकता थियो । महान् सामाजिक तथा दार्शनिक सिद्धान्तहरु मानिसको दिमागबाट स्वतः पैदा हुने गर्दैनन् । बरू त्यस्ता सिद्धान्तहरु खास समयका सामाजिक, आर्थिक तथा राजनैतिक आवश्यकताहरु अर्थात् ऐतिहासिक आवश्यकताले जन्माउने गर्दछ । कुनै सिद्धान्तले कुनै निश्चित वर्गको हितलाई व्यक्त गरेको हुन्छ ।
माक्र्सवादको जन्मोथलो जर्मनी बन्यो । त्यो पनि कुनै आकस्मिक सन्दर्भ थिएन । तत्कालीन जर्मनीको स्थिति, त्यसको ऐतिहासिक कारण थियो । त्यसबेला ब्रिटेन र फ्रान्सको दाँजोमा जर्मनी आर्थिक र सामाजिक दृष्टिले पीछडिएको थियो । ब्रिटेन र फ्रान्समा सामन्ती व्यवस्थाको पराजय आधारभूत रूपमा भइसकेको थियो तर जर्मनीमा सामन्ती सामाजिक सम्बन्धहरुको अधिपत्य चलिरहेको थियो ।

लेखनाथ न्यौपाने
माक्र्सवाद सर्वहारा वर्गको निम्ति मात्र होइन, सबै प्रगतिशील, परिवर्तन चाहने मानव जातिको लागि पनि सबभन्दा आकर्षक सिद्धान्त बनेको छ । माक्र्सवाद मुख्यतः आर्थिक सिद्धान्तलाई माक्र्सवादका कट्टर विरोधीहरुले पनि नकार्न सकेका छैनन् । माक्र्सवादको प्रमुख सन्देश र उद्देश्य संसारलाई फेर्नु हो । उनीहरुले निष्कर्ष निकाले कि ‘दार्शनिकहरुले विभिन्न कोणबाट संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा त संसारलाई बदल्नु हो ।’
१८ औँ र १९ औँ शताब्दीको सुरूमा मजदुरहरुले सामन्ती सत्ता विरुद्धको सङ्घर्षमा पँुजीपति वर्गलाई पूरा सहयोग गरे । सामन्त विरोधी सङ्घर्षमा आम मजदुरहरुको सक्रिय तथा क्रान्तिकारी सहभागिताले नै त्यो सङ्घर्ष व्यापक तथा प्रभावकारी बन्न गयो तर उक्त सङ्घर्षमा जुन सफलता र विजयहरु प्राप्त भयो; त्यसलाई पँुजीपति वर्गले मात्र हडपे र आफ्नो स्वार्थमा प्रयोग गरे । आपूm सत्तामा पुगेपछि उनीहरुले मजदुरहरुको दमनमा सम्पूर्ण तागत प्रयोग गरे ।
सन् १७८९ मा भएको फ्रान्सेली क्रान्ति सामन्तवाद विरुद्धको सबैभन्दा ठुलो युरोपेली पँुजीवादी क्रान्ति थियो । यसको विजय पश्चात सम्पूर्ण युरोपमा पँुजीवादको अभियान सुरू भयो । ब्रिटेन र फ्रान्सको पँुजीवादी क्रान्तिमा त्यहाँका पँुजीपतिहरुले केही क्रान्तिकारी भूमिका खेले तर जर्मनीका पुँजीपति वर्गको स्थिति एकदम फरक देखियो, जसले क्रान्तिकारी मजदुरहरुलाई नयाँ ढङ्गले सोच्न बाध्य बनायो ।
सन् १८४२ बाट माक्र्सवादको विकास वा निर्माण प्रक्रिया सुरू भयो । यसले आफूलाई दुई चरणबाट गुजा¥यो । पहिलो, आदर्शवाद तथा क्रान्तिकारी जनवादबाट द्वन्द्वात्मक भौतिकवाद तथा वैज्ञानिक साम्यवादतर्फ सङ्क्रमणको चरण र दोस्रो, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र वैज्ञानिक साम्यवादका आधारभूत सिद्धान्तको व्यवस्थित रूपमा प्रतिपादनको चरण ।
माक्र्सवाद, सोच्ने (विचारको) पद्धति हो । यस विचारधारात्मक पद्धतिको नाम माक्र्सको नामबाट रहन गयो जसको प्रस्ताव एङ्गेल्सले गरेका थिए ।
माक्र्सवादका दर्शनशास्त्र, अर्थशास्त्र र समाजवाद गरी ३ सङ्घटक अङ्गहरु छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button