राजनीति

पार्टि एकताको टुंगो लाग्यो, नयाँ बन्ने पार्टिको नाम समाजवादी पार्टी हुने

काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताकाे टुंगो लागेकाे छ। केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ। नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुनेछ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button