विश्व

आन्ध्र प्रदेश र तामिलनाडुमा आँधीको आतंक

बंगालको खाडी र आन्ध्रप्रदेशबाट अघि बढेको शक्तिशाली फानी आँधीले क्षति पु¥याउन सक्ने भन्दै भारतका उत्तरपूर्वी तटीय क्ष्ँेत्रका हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको छ । विपद व्यवस्थापन विभागका सुरक्षा बल र तटीय सुरक्षाकर्मीहरुलाई उद्धारका लागि तैनाथ गरिएको छ । १ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले विशेष गरी उडिसा राज्यका ११ वटा जिल्लामा प्रभाव पार्ने भन्दै उच्च सर्तकता अपनाउन त्यहाँको मौसम विभागले आग्रह गरेको छ । सुरक्षित स्थानमा करीब १० लाख सर्वसाधारण अटाउने गरी ८ सय ५० वटा शिविर बनाईसकिएको स्थानीय प्रशासनले जनाएको छ । आँधीका कारण पूर्वी तटीय क्षेत्रका २ वटा बन्दरगाह पूर्ण रुपमा बन्द गरिएको छ भने तटीय क्षेत्रमा चल्ने ८१ वटा रेल सेवा रद्द भएका छन् । आँधीले आन्ध्र प्रदेश र तमिलनाडुका राज्यमा व्यापाक क्षति गरेको छ । स्थिति जोखिमपूर्ण भएको भन्दै सबै सर्वसाधारणलाई घरबाहिर ननिस्कन त्यहाँको विपद व्यवस्थापन विभागले आग्रह गरेको छ । उडिसा हुँदै फानी आँधी बंगलादेशको चित्तागोङतर्फ बढ्ने मौसम विदहरुको भनाई छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button