कला साहित्य

दिपक विश्वकर्माको आग्रह: सपना देख्न नछाड म्हेन्दो

दिपक विश्वकर्मा :

सपनाहरू
मात्र सपना हुँदैनन् म्हेन्दो
अनेकौं भाव
अनगिन्ती मुद्राहरु
सजाउँदै रुप बनिदिन्छन जिउँदो

क्षतविक्षत पारिदिन्छन
बन्दै गरेका बेबिलोनहरु ।

विर्यदान जिवित छ
र पर्लयको हुंकार भरिरहेको छ
विरङ्गनाहरु जो तारा बनेका थिए
पालो कुरेर बसेका छन
बज्र बनेर बर्सिन
दिशा सकुन वा अपसकुन नहोला सायद
तर पनि घाम उदाउँदो मार्गलाई पहिल्याउँदै
प्रसवको तयारी गर ।

आभास हुँदैछ
फेरि एकपटक उल्का बर्सिनिनै भयो
ममताका हातहरु
कमण्डलु भित्र दान होइन
चक्रपात पठाउँदै छन
जहाँ चक्रब्युह तैयार हुँदैछ
नव सकुनिहरुको शिरोच्छेदन गर्न
सपनाको बिड्रुप समयमा
तिमी तर्फ तेर्छिएको त्रिसुल
लेन्डुपहरुको छातीमा निसाना ताक्दैछ
म्हेन्दो !
ढुक्क हौ तिमी
आमा फेरि गर्भधारण गर्ने छिन ।

दिपक विश्वकर्मा, बुटवल
Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button