विश्व

बाढिमा परि १२ को मृत्यु, १५ हजारभन्दा बढि बिस्थापित

जाकार्ता : इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् ।

राजधानी जाकार्ता र बेङकुलु प्रान्तको पश्चिमी क्षेत्रमा आएको बाढीले विस्थापित भएकालाई नजिकै शिविर निर्माण गरी राखिएको अधिकारीले जनाएका छन् ।

इन्डोनेसियामा बाढीको प्रकोप बेला बेलामा भइरहने गरेको छ । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँको मृत्यु हुने गरेको जनाइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button