मुख्य समाचारराजनीतिविशेषसमाज

अपराध महाशाखामा डन्डा आतंक, एसएसपी धिरजप्रताप नेतृत्वमा बिबादै बिबाद

काठमाडौं :

महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरज प्रताप सिंहले समालेका छन् ।

उनले नेतृत्व लिए देखि अपराध महाशाखा पटक पटक प्रहरी विवादमा तानिएको छ ।

कानुनत नेपाल प्रहरीले पक्राउ गरेको ब्यक्तीलाई हातपात गर्न मिल्दैन ।

पछिल्लो समय एक अभियोगमा पक्राउ परेका नुवाकोटका नवराज तामाङलाई निर्ममतापूर्वक कुटपिट गरिएको तस्वीर सन्चार माध्यममा छाएको छ ।

विवादास्पद छविका एसएसपी धिरजप्रताप शाह, विवादास्पद हुँदाहुँदै पनि शाहले अपराध महाशाखाको जिम्मेवारी पाएका छन।

हत्कडी लगाएको अवस्थामा शरीरभर निलडाम हुने गरी पिटिएका तामाङलाई जर्वजस्ती घटनामा संलग्नताको स्वीकार गर्न लगाईएको उनका आफन्तले आरोप लगाएका छन् ।

नुवाकोटका नवराज तामाङ ट्याक्सी चालक हुन् । काठमाडौं रानीबारीका लालेन्द्र शेरचन्दको घरमा भएको डकैतीको आरोपमा उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपालमा कसैलाई गिरफ्तार गरिसकेपछि पिटेर अपराध कबुल गराउने प्रहरीको परम्परागत अभ्यास छ । त्यसको अन्त्य हुनुपर्छ । पिटेर होइन, प्रमाण जुटाएर अदालतबाट अपराध पुष्टी गराउन सक्नुपर्छ । अदालतमा जुटाइएको प्रमाणको आधारमा भएको फैसला अनुशार अपराधीलाई कारवाही हुनुपर्छ । अमेरिका लगायतका देशमा अपराधीले अपराध कबुल गरेको खण्डमा कम सजाय हुनसक्ने र कबुल नगरेको खण्डमा अझ धेरै सजाय हुनसक्ने प्रावधान समेत छ । त्यसैले कबुल गर्ने र नगर्ने विषयलाई यातनाबाट होइन, अपराधीको छनौटमा छाड्नुपर्छ ।

चैत २६ गते भएको डकैतीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेपछि तामाङलाई निर्ममतापूर्वक कुटपिट गरिएको तस्वीर प्राप्त भएको हो ।

हत्कडी लगाएको अवस्थामा शरीरभर निलडाम हुने गरी पिटिएका तामाङलाई जर्वजस्ती घटनामा संलग्नताको स्वीकार गर्न लगाईएको उनीहरुका आफन्तले बताएका छन् ।

महानगरिय अपराध महाशाखाका प्रहरी अधिकारीले अमानवीय ढंगले लाठीले हानेको आफन्तको भनाई छ ।

त्यसो त, बिगतमा भक्तपुरमा बालक अपहरण गरेको आरोप लागेका कामदारलाई ईन्काउन्टरको नाममा गोली हानेको आरोप पनि कार्यलय प्रमुख एसएसपी सिंह माथी कायमै छ ।

त्यसैगरि सुतिरहेकै अवस्थामा पूर्वराजदुत केशव झाको हत्या भएको महिनौं वितिसक्दा पनि हत्यारा त परको कुरा, घटनाको कारण समेत प्रहरीले पत्ता लगाउन सकेको छैन।

उता ,धीरजप्रताप सिंहले अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई भित्र भित्रै सहयोग गरेको विषय चर्किएपनि छानबिन सेलाएको छ ।

पाठकको घूस प्रकरणमा उपलब्ध भएको भिडियोले यस्तै कुराको झल्को दिएको थियो । महानगरीय प्रहरीको अपराध अनुसन्धान महाशाखाले आयुक्त राजनारायण पाठकका भाई शुभनारायण पाठकको उजुरी र त्यसक्रममा भएको धरपकडको सबै कागजात गायब बनाएसँगै एसएसपी धीरजप्रताप सिंह माथी शंका बढेको हो ।

भिडियो खिच्ने ध्वजमान मोक्तानको भिडियो फुटेजमा समेत महाशाखा प्रमुख सिंहको संलग्नता देखिन्छ । तत्कालिन अवस्थामा पाठकले भनेका थिए, ‘ज्ञानेन्द्रले मेरो भाइलाई धम्क्याएछ, भाइले उजुरी दिएकाले यसो सोधपुछ गरेको होला, एसएसपीलाई भनेर म अहिले नै रोकिदिन्छु ।’

यी वाक्याम्सबाट पनि एसएसपीको हिमचिम प्रस्टै हुन्छ । साना साना विवादमा बखेडा गर्नेहरु पनि यतिबेला राजधानीमा भएको विवादस्पद घटनाहरुको विषयमा कहीँ कतै आन्दोलित भएको पाइदैँन ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button