खेलकुद

रोयल च्यालेन्जर्स बैंलोरविरुद्ध खेल्दै सन्दिप

क्रिस गेलजस्ता खेलाडीको विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले केही दिनअघि निकै ठूलो चर्चा पाए।

आइतवार रोयल च्यालेन्जर्स ब्याङ्लोरविरुद्ध दिल्ली क्यापिटलसको खेलमा पनि उनले बलिङ गर्ने अवसर पाएका छन्। यो वर्षको आईपीएलमा आइतवार आफ्नो छैटौँ खेल खेल्दैछन्।

यसअघि उनले किङ्स इलेभन पञ्जाबका तीन महत्त्वपूर्ण खेलाडीको विकेट लिएका थिए। दिल्लीले पाँच विकेटले खेल जित्दा लामिछानेको योगदान महत्त्वपूर्ण मानिएको थियो। अहिलेसम्म उनले पाँच खेलमा आठ विकेट लिएका छन्। खेलपछि उनले पाएको प्रत्येक अवसरमा आफूलाई प्रमाणित गर्नुपर्ने बताएका थिए।

लगातार दुई खेलमा टोलीमा नपरेका सन्दीप लामिछानेले उक्त खेलमा निकै राम्रो प्रदर्शन गरेका थिए र उनको बलिङको निकै प्रशंसा पनि भयो। दिल्लीमा भएको उक्त खेलमा उनले चार ओभरमा ४० रन दिएर तीन विकेट लिएका थिए।

उनले वेस्ट इन्डिजका गेल, भारतका केएल राहुल र इङ्ग्ल्यान्डका स्याम्युएल म्याथ्यु कुरनजस्ता टेस्ट खेलाडीको विकेट हात पारेका थिए। त्यही प्रदर्शनकै कारण उनी आइतवारको खेलमा बलिङ अल राउन्डर क्रिस मोरिसको स्थानमा टोलीमा परेका हुन्।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button