कला साहित्य

राम शर्माको सृजना- चामल सँगै घुन बेचिन्छ मेरो देशमा

चामल सँगै घुन बेचिन्छ मेरो देशमा।।
झोलामा कानुन बेचिन्छ मेरो देशमा।।

भारतको तेल, हङकङको कपडा
चाईनाको लसुन बेचिन्छ मेरो देशमा।।

अबोध बच्चाहरु लाई अपहरण गरेर
किडनी र खुन बेचिन्छ मेरो देशमा ।।

सरकारी जग्गा मात्रै होइन मिल्ने भए
आकसको जुन बेचिन्छ मेरो देशमा ।।

देखेको लेखेँ होच्याएको हैन भन्नुस त
अरु कुन कुन बेचिन्छ मेरो देशमा।।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button