व्यक्ति बिशेष

ओली उवाच: साहस र प्रेरणा कि स्रोत शेर्पा !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन्।

मंगलबार पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानम्नत्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए। ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन्’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताए। ‘सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न सरकारको तर्फबाट उचाइ नाप्ने काम हुदैछ’, ओलीले भने, ‘यो काम विवादरहित ढंगले टुंगिन्छ।’

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button