कला साहित्य

ॐ कार्की स्मृति साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्दै

चितवन : तत्कालिन जनयुद्धताका २०५६ सालमा गस्तीमा निस्किने क्रममा दोहोरो भिडन्तमा परि माओवादीका तर्फवाट हत्या गरिएका सर्लाही हजरियामा कार्यरत नेपाल प्रहरीका प्रहरी जवान ॐ कार्कीको सम्झनास्वरुप उनकी धर्मपत्नी अम्बिका कार्कीद्वारा स्थापित ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले स्वर्गीय कार्कीको २०औं स्मृतिदिवसको अवसर पारेर बैशाख १९ गते सर्लाहीमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्न लागेको छ। प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामामा संचालन हुन लागेको उक्त कार्यक्रममा साहित्य क्षेत्रमा विशेष योगदान पुर्याऊँदै आएका स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहिद ओम कार्कीको ब्यक्तित्व बारे चर्चा गर्दै साहित्यका क्षेत्रमा योगदान पुर्याउने विशिष्ट ब्यक्तिहरूलाई सम्मानित गर्ने योजना समेत रहेको छ । सम्मानित हुन गईरहेका स्रष्टाहरूमा मकवानपुरका समालोचक बिर्खे अञ्जान, सुनसरी धरानका प्रा.डा. भीम खतिवडा ,काठमाडौंका कलानिधि दहाल ,चितवनका पुष्प अधिकारी `अञ्जली´ र रौतहटका हरिकृष्ण काफ्ले रहेका छन् । उक्त कार्यक्रममा प्रमुख वाचकका रूपमा बर्तमान समयका चर्चित स्रष्टाहरूलाई पनि आमन्त्रण गरिएको छ। जसअन्तर्गत दाङका वसन्त ओली वसन्ती,बर्दियाका पृथक हिमाल वली ,स्याङ्जाका मिलन समीर, सुर्खेतकि नारी हस्ताक्षर शिवा कार्की र मोरङकी `प्रीय नदि´ सन्ध्या सापकोटा लाई छनोट गरिएको छ । सहिदको सम्मानमा हुन लागेको यो कार्यक्रमले भाषा ,साहित्य र कला क्षेत्रको बिकासका निम्ति कोसेढुङ्गा सावित हुने धारणा आयोजकको छ।

ॐ कार्की स्मृति प्रतिष्ठानकी अध्यक्ष एवं स्रष्टा अम्बिका कार्की

प्रतिष्ठान कि अध्यक्ष अम्बिका कार्की स्वयं पनि एक कुशल साहित्यकार भएको नाताले साहित्यमार्फत नै पुनर्जागरण अभियान चलाऊनु जरुरी भएको बताऊंदछिन। साहित्यमार्फत समाज परिवर्तनमात्रै होईन, समग्र राज्यलाई पनि घचचाऊनु एक सृजनशिल स्रष्टाको दायित्व रहन्छ। पछिल्लो समय संकल्प-१०१ गजलसंग्रह प्रकाशित गरि चर्चामा आएकी स्रष्टा कार्कीको साहित्यक्षेत्रमा अत्यन्तै लगाव पनि देखिन्छ। विभिन्न प्रत्रपत्रीका, रेडिओ तथा अनलाइनहरुका साथै सामाजिक संजालमा पनि साहित्य विधामा उनको राम्रो दखल छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button