प्रदेश ७

बालिका बलात्कार आरोपमा वडासचिव पक्राऊ

धनगढी : बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का सचिव यज्ञ आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा नम्बर ४ स्थित बालिकाको घरमा गइ सचिव आचार्यले उनकी आमासँग झगडा गरेको र १२ वर्षिया सिता चौधरी (नाम परिवर्तन)लाई जबरजस्ती गर्न खोजेपछी स्थानीयले पक्राउ गरेको बताइएको छ।

पीडित बालिकाको काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।

आचार्यले आफूमाथी गाली गलौज गर्नुका साथै हातपात गर्न खोजेको बालिकाले बताएकी छन्। यता वडा सचिब यज्ञ आचार्यले आफू गलत मनसायले त्यहाँ नगएको बताए ।

आफ्नो गल्ती भए जस्तोसुकै सजाए भोग्न तयार रहेको उनको भनाइ छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button