विचार ब्लग

इतिहासको गलत ब्याखा र जातिय राज्य

कवितान्जली मिश्र :

मौलिक जातिय किवदन्ती गलत व्याख्या गरेर जातिय राज्य माग गर्ने उक्साउने विदेशी लेखकहरूको इतिसास पढ्नु र आफ्नो देशको इतिहास बुझ्ने प्रयास नगर्नु र विदेशी पैसा र प्रलोभनमा परी पृथ्वीनारायण शाहको जयन्ती दिन पारेर थुक्ने जातिय राज्य माग गर्ने लगायतका पृथ्वीनारायण शाह विरूद्घ धृणा फैलाउने कार्य भैरहनु कति घातक र छ यस पछाडि लुकेको प्रपञ्च के हुन सक्छ भन्ने कुरा इतिहास पढेपछि न थाहा पाइन्छ।यसै सम्बन्धमा मोहन लामा रूम्बा भन्छन्- ”
जहाँसम्म काभ्रे जिल्लाको राज्यको कथित राजा रिन्छेन दोर्जेको कुरा हो ऊनी मकवानपुरका सेन राज्यको एक कारिन्दा मात्रै थिए राजा होइन, तत्कालीन मकवानपुरका सेन राज्य अन्तर्गत बारा रौतहट सर्लाही जगतपुर आदि जिल्लाहरु राजा दिग्वन्धन सेनको राज्यमा पर्दथे तिनै मकवानपुर सेन राज्यको राजाले अहिले तामाङको राजा भनेर प्रचारप्रसार गर्दै आएको रिन्छेन दोर्जेलाई केही भूभाग बिर्ता दिएर राखेको थियो जुन कुराको उल्लेख मुखपत्र ‘प्राचीन नेपाल’ पूर्णाङ्क ९१ (पुस–माघ २०४२:६)मा चन्द्रप्रसाद त्रिपाठीले लेखेको ‘प्राचीन तामाङ बस्तीः तिमालको इतिहासमा प्रकाश’ शीर्षकको लेखमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले रिन्छिनको नाममा जारी गरेको एक ताम्रपत्रमा तिमाल कल्लेरी निवासी भूपू न्यायाधीश धर्मप्रसाद पाण्डेले सुरक्षित गरिराखेको यो ताम्रपत्रमा जग्गा विर्ता दिइएको भनी लेखक त्रिपाठीले उल्लेख गरेका छन्।
मकवानपुरका तत्कालीन राजा दिग्वन्धन सेनले हरिहरपुरबाट रिन्छेन दोर्जेलाई चार किल्ला तोकेर दिएको बिर्ता हो यो र उनको पद गाउँको मुखिया अथवा मिजार रहेकोे प्रष्ट देखिन्छ, तर अहिले उनलाई राजा बनाएर प्रचार गरेको मात्रै होइन की तामाङ जातिको लोक कथामा आउने दुर्गु खोलाको बगरमा थिङ थरको भान्जाले लोप्चन थरको मामा लाई काटेको थियो भन्ने तामाङ जातिको (नुवाकोट तिरको)एउटा लोकक्ती लाई पृथ्वीनारायण शाहले सुनकोसीको बगरमा तामाङ राजा रिन्छिन दोर्जेलाई काटेर सुनकोसीमा बगाएको थियो भनेर पनि बदनाम गर्दै विभिन्न जातीय मिडियामा लेख रचना प्रकाशन प्रशारण गर्दै सर्वसाधारण लाई पृथ्वीनारायण शाह प्रति घृणा भाव फैलाउन तल्लीन देखिन्छ, जातिवादी मानसिक रोगीहरु, इतिहास माथि खेलवाड मात्रै होइन हाम्रो जातीय जनश्रूति हरुलाई पनि बिकृत रूपमा बंग्याएर पृथ्वीनारायण शाह माथि लान्छना लगाउनु एउटा अपराध पनि हो, हाम्रो चलिआएको जनश्रूति मिथक कथाहरूलाई बंग्याएर पृथ्वीनारायण शाह माथि आरोपित गर्ने तामाङ समुदायमा मात्रै होइन उपत्यकाको नेवार समुदायमा पनि यो अभियान अहिले जोडतोड्ले चलाउदै छ।
त्यस्तै किर्तिपुरमा चिथु ध्वाखा र चिथुत भन्ने स्थानमा एउटा ढुंगा छ त्यो ढुंगालाई स्थानीयले “छ्याक:ल्वह” भन्ने गर्छ त्यो बाटो आउँदा जाँदा बटुवालाई दुख बिमार भयो भने त्यहाँको भुत प्रेत लागेको ठानी कालो भटमास च्युरा छ्यापी लगेर त्यहाँ चढाउने गर्ने गरिन्छ भने त्यो बाटो हिंड्दा आफुलाई कुनै भुत प्रेत नलागोस भनेर थुकेर हिंड्ने सदिऔं देखिनको स्थानीय चलन लाई अहिले आएर पृथ्वीनारायण शाहलाई किर्तिपुरवासीले उहिले देखि त्यहाँ थुक्दै गरेको थियो भनेर विभिन्न सामाजिक संजाल देखि अन्लाईन मिडियामा समेत लेखेर प्रचारप्रसार गर्दै छ !

हाम्रो दुर्भाग्य नै होला ! जबजब धन बोल्न थाल्छ तब तब सत्य लुक्दै जान्छ भनेको साहेत यही होला, बिदेशी पैसामा साँझ बिहान् गुजारा गर्नेहरूले पृथ्वीनारायण शाह जयन्तीको दिन पारेर अहिले त्यहाँ गएर थुक्ने कार्यक्रम गर्दै मालिक रिझाउने गर्ने गरिन्छ, यस्तो हर्कतले पृथ्वीनारायण शाह माथि मात्रै होइन स्वयं त्यो जाति त्यो क्षेत्रको आफ्नो मौलिक जातीय किवदन्ती लोक परम्परा जनश्रूति माथिको पनि भद्दा प्रकारको आक्रमण हो।”

(पृथ्वीनारायण शाहविरुद्ध भ्रामक प्रचारवाजी – संघीयता, तामाङ राज्य र भ्रमको खेती,स्वदेश नेपाल, ३ बैशाख २०७६, मंगलवार)

यसरी भ्रमको खेती गरी राष्ट्रनिर्माताप्रति घृणा फैलाएर देशलाई विखण्डनतिर लैजान उद्दत डलरवादीहरूबाट सत्य तथ्य कुरा को आधार नहुने स्पष्टै छ ।विखण्डनको नारा उठ्नु र देशको झण्डा च्यात्ने समेतको कार्हयरूलाई बिभिन्न मिडियाहरूले आपत्ताजनक रूपमा नहेरि सघाउ पुर्याउने हिसाबबाट प्रस्तुत गरिनुलाई उनीहरू कहाँबाट सञ्चालित रहेछन् भन्ने कुरा अनुभान गर्न गाह्रो पर्दैन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button