प्रदेश १

कन्सर्ट हेर्न गएकी महिलाको बलात्कार पछि हत्या

मोरङ्ग:

मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन ।
शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन ।
पसल अगाडी घोप्टो परेको अबस्थामा नाङगै उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button