विशेष

प्रभू यशुको नाममा यौटा यस्तो तस्विर जसले मानवता देखेन

दूर्गेश घले

तिमीले बोक्सीको नाममा लाखौँ युरोपियन आमाहरु एकै पटकमा मार्यौ । तिमीले भनेको नमान्ने जतिलाई क्रुसेडीको रुप धारण गरेर विभत्स हत्या गर्यौ । तिमीले सारा युरोप भरिको प्राचिन धर्म संस्कृति ध्वस्त पार्यौ । प्राचिन मौलिक धर्म संस्कृति इतिहाँसका किताब राखिएका युरोप भरिका पुस्तकालय (Library) हरुमा आगो लगायौ । बिभिन्न जाळ झेल धर धम्कि आतंक दिएर युरोपभर क्रुसेडीको राज्य स्थापना गर्यौ ।

आफ्नो मौलिक धर्म संस्कृतिलाई मास्ने क्रुसेडी जाळको आगो तिमीले बिस्तारै अफ्रिकामा सल्कायौ । धेरै पछि अफ्रिकनले दिमागी आँखा खुले पछि भने : “तिमी आउँदा सम्म हामिसँग हाम्रो सम्पत्ति-जल-जमिन सबै थिए, तिमीले एक पटक आँखा चिम्लन पठायौ, आँखा खोल्दा हाम्रो हातमा बाइबल रहेछ हाम्रो सम्पूर्ण सम्पत्ति-जल-जमिन तिम्रो भइसकेछ” । अफ्रिकनलाई आफ्नो संस्कृति बिहिन बनायौ, नांगै पार्यौ । नाङ्गो शरीरले तिम्रो क्रुसेड बोकेर एक-आपसमा काटाकाट मारामार गरे ।

एसियामा आगो सल्कायौ । फिलिपिन्सको सम्पूर्ण संस्कृति निल्यौ, नांगै पार्यौ । भारतमा लगभग जनजाति बाहुल्य राज्यको संस्कृति ध्वस्त पार्यौ । नेपालमा पनि जनजातीलाई नै लक्षित गरेर अनेक लोभ लालच जाळ झेलका राजनीति पासो फालेका छौ । अलिअलि चारो छरेर केहि अगुवा हुँ भन्नेलाई प्रयोग गरेर हाम्रो धर्म संस्कृति माथि नजानिँदो पारामा धावा बोल्दै छौ ।

विश्वमा तिमीले के चाहिँ राम्रो सिकाएको छौ ? आफ्नो देशमा नांगिदै गयौ । तिम्रो देशमा दशांस र भेटि उठ्न छोडे, चर्च बन्द हुँदै गए, अहिले अन्य देशको दशांस र भेटि उठाएर बाँच्ने प्रयास गर्दैछौ । आफ्नो देशमा राष्ट्रपति राजा-रानी प्रधानमन्त्री हुन क्रिश्चियन नै चाहिन्छ भन्छौ अरुको देशमा धर्म निरपेक्ष भन्दै जे धर्मको भए पनि हुन्छ भन्न लगाएका छौ ।

तिमी बैमानी हौ, आफ्नो छोराछोरीलाई खुल्ला आकासमा स्वतन्त्र छोडेका छौ अर्काको अरुका छोराछोरीलाई हातपाउमा बाँधेर राखेका छौ । तिमी कुनै धर्मि हैनौ, तिमीले गरेको क्रियाकलापलाई धर्म भनिदैन किन कि तिमी अघिअघि गोलाबारुद पछीपछी बाइबल बनेर संसार डुल्छौ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button