कला साहित्य

नवबर्षलाई स्वागत गर्दै एकथान कबिता

मंगल होस मेरो यो देशको
शुभ र सम्मान बढोस् हाम्रो !!

शुभ कामना हामी सबैमा र विश्व भरि छरिएर रहेका हामी सारा नेपालीमा र नेपाललाई मायाँ गर्ने विश्व जन समुदायमा ।हामी सारा नेपाली एकै घरका परिवार हौँ र पार्टिले हैन नेपाली मन र पनले चिनिने कर्महरु गरौँ अब ।।
हिजो के भयो? के के गर्यौँ ? राम्रा काम जति सम्झेर अरु सबै बिर्सिदिऔं। पार्टि बनाउने र परिवर्तन गर्ने मात्र हैन ,सबै नेपालीको सोंचमा आमूल
परिवर्तन गरौँ। पराइले दु:ख नदिएको यो प्रकृतिको अमूल्य उपहारले भरिएको पवित्र प्यारो देशलाई सोंचमा सकारात्मकता ल्याएर एकजुट बनि विकास गरौँ र समृद्दि भित्र्याऊँ ! हरेक मानिस यसै देशमा रम्न र बस्न लालायित बनुन यस्ता कर्महरु गर्न लगाऔँ सत्तासिनहरुलाई र सकेको जानेको आआफ्ना क्षेत्रबाट जन्मभूमिलाई सत्कर्म अर्पण गरौँ!
भएका असल कामको पनि मुल्याड्कन गरौँ !धेरै नकारात्मक मात्र नबनौ ।शिक्षा ,विकास र समृद्दिको मूल आधार हो र ज्ञान कागजी ल्याप्टोमा हैन, मुलुकको विकासको कर्ममा प्रयोग हुने खालको दिलाऊँ हरेकलाई। नेपाललाई भ्रष्टाचाररहित बनाऔँ अनि मुलुक विश्वकै सर्वोत्कृष्ट देश बनोस र हाम्रो मान सम्मान र शान सगरमाथा झैँ चुलियोस विश्व सामु । यी र यस्तै चाहना राखेर स्वागत गरौँ नयाँ वर्ष २०७६ लाई !

नयाँ वर्ष ७६ अब आओस रे !
मनहरु खुशीले नै रमाओस रे !!

वेदका ऋचाहरु भरी झोलीमा;
लिएर कोही आज आउँदैछ रे!
देशमा र मनमा ऋचा वेदका ;
छरेर पो त नयाँ वर्ष जाँदै छ रे !!

सूर्य पनि नयाँ ज्योति छर्न आज ;
प्रभातमा धरा भरी नै झुल्कन्छ रे!
चन्द्र पनि मायाँ सुटुक्क लाउन ;
हाँस्दै पो आउँछ यो जीवनमा अरे !!

कर्णाली हाँसुन कर्णाली नै जस्ता;
देशका हरेक प्रदेश पनि अव हाँसुन !
शिक्षाको मुहान यसरी सहज बनुन!
अन्धकार र अज्ञानता नै कतै नरहुन!!

पानी र खानी,पर्यटन विज्ञान अनि ;
कृषिको उर्वर हाम्रो मातृभूमिलाई !
वेदको शक्ति र आशिर्वाद अनेकौँ
दिएर जान्छ रे है कति हो हामीलाई !!

शुभ संकेत सुन्दर थुप्रै नै पो बोकी
टाढा दुर कतै त्यो क्षितिजबाट रे!
मायाँको मेधावी विस्वास बोकेर
दुर त्यो सायद टाढा परदेशबाट!!

टिड्ग टिड्ग धुन समायराको झै ;
झिसमिसेमा बजाई बिहानै आज !
विशाल,ज्ञान,विवेक,विश्वास रिति;
समृद्दि छर्न धरामा आउँछ रे ऊ साँझ!!

छरेर जान्छ रे हामीलाई कति उर्जा ;
जाँगर ,मायाँ प्रेम पनि यहाँ मनग्यै!
हटाई क्लेस जति हरेक मनहरुका
खुशी र सु:ख दिई जानेछ रे धेरै !!

नयाँ वर्ष आज आएको छ देशमा
जगमग उज्यालो र दिव्य बन्दै !
स्वागत गरौँ रमाएर मन असल ;
मानिस यो देशका हामी बन्दै !!

मनहरु पनि अव त दाहिने बनुन ;
सत्तासिन र यो राष्ट्र हाँक्नेहरुका !
देश पनि बन्छ जीवन नि सजिन्छ;
उनीहरुका यस्ता असल कर्मबाट !!

नत्र त यो देश नै पनि पो नरहला
सत्तासिनको त्यस्तै हर कर्मबाट
मन ,वचन र सत्कर्म अव पोखुन
आजैको यो सुन्दर शुभ दिनबाट!!

अध्ययन मनन् गर्ने बानी गरुन
यो जगतको पनि हर कथाबाट !
देशको जतन र वास्ता नगर्दा हुने
ठुलो हानी नोक्सानी र क्षतिबाट !!

आफैँलाई हुने ठुला ठुला हानी
अनि कैयौँ कष्ट र नोक्सानीबाट!
देशलाई जतन र मायाँ गर्दा पाइने
सम्मान र कति विशाल इज्जतबाट!!

भाइचारा र सद्दभाव मिठो
सदाचार हरपल बनि रहोस!
मित्रभाव सँधै बढेर जाओस्
मुलुकको समृद्दि बडी रहोस्

असल होस यो मेरो देशको
समृद्दि विकास बढोस हाम्रो
मड्गलमय शुभ कामना छ
असल पन छाओस है सबैमा

रचयिता : शोभा काफ्ले खतिवडा

काठमाण्डौ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button