कला साहित्य

शनिवार साहित्य

परदेशमा भोकै बसेर पनी कमाउनु छ।।
बाबा,आमालाई दमको ओखती पठाउनु छ।।

जीवन संगिनि अनि साना छोरा छोरी हरुका
अनगिन्ती सपना सबै साकार बनाउनु छ।।

डोको नाम्लो र कोदालिमै बित्यो जीवन कठ्ठै
दिदिको फुटेका खुट्टामा मलम लगाउनु छ।।

धुरी चुहियो ,पाली भत्क्यो भन्थिन आमाले,
झुप्रो घर भएपनी मन्दिर जस्तै सजाउनु छ।।

पीडित, असहाय ठग्ने,गरिब भनी हेला गर्ने
धुर्त,असतिहरु अघि केही गरेर देखाउनु छ।।

बिद्रोहको सलाईले चेतनाको दियो बालेर
अन्धकार त्यो समाजलाई झक्झकाउनु छ।।

राम शर्मा

भारत।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button