राजनीति

विप्लव समुहलाई सघाएको भन्दै ४ महिने शिशुसहित महिला पक्राऊ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा समूहलाई सघाएको आरोपमा प्रहरीले चार महिने शिशु सहित एक महिलालाई पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–५ की सीता देउकरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतलले केही दिन पहिले कैलालीमा भएको बस आगजनीमा सीताको देवर रुपलाल देउकरको संग्लता रहेको र उनलाई लुकाउन सघाएकाले पक्राउ गरेको बताए ।

सीताकी अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर–भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिइएको जनाएको छ ।

सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई प्रहरीले पक्राउ गरेको थियो । विप्लव समूहले भने विप्लवको कार्यकर्तालाई सघाएकै भरमा महिलालाई पक्राउ गरेको आरोप लगाएको छ ।

हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको छ ।

बुधबार प्रहरीले विप्लव समूहको दुईजना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख अमर बम र अखिल क्रान्तिकारी किसान संघका कैलाली अध्यक्ष उदयराज थापा छन् ।

यसअघि कैलारी गाउँपालिका–५ गोबरैलाका आशिष चौधरी र लम्की चुहा नगरपालिका–१ लम्कीका ध्रुव सञ्ज्याललाई नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा रहेको चौधरी र सञ्ज्याल आफ्नो कार्यकर्ता नभएको सो समूह स्रोतले जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button