विशेष

जब सिंहदरवारमा आगलागी भयो…

सिंहदरबार १९औं शताब्दीको विशिष्ट वास्तु नमुना मानिन्छ ।
१७ सय कोठा तथा विभिन्न चोकहरू भएको दरबार बनाउन १ वर्ष लागेको थियो भने चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर यो भव्य दरबार निर्माण गराएका थिए ।

विक्रम संवत् २०३० साल असार २५ गते सोमबार अागलागी हुनुपुर्व एसियाकै सबैभन्दा ठुलो प्रशासनिक भवन थियो । अागलागीले दरबारको पुर्वी ध्वस्त भयो, आगलागीबाट बचाउनका लागि भगीरथ प्रयास गरिए पनि त्यो प्रयास सफल भएन। त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काए अगाडिको भाग जोगाए, बाँकी सिंहदरबार जलेर खरानी भयो। हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो । सिंहदरबार भित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । १ नम्बर चोकमा तत्कालीन युवराजधिराज दिपेन्द्रको व्रतबन्ध गरिएको थियो ।
दरबारको पुर्ननिर्माणका लागि देशभरका हरेक घरबाट १०-१० रूपैँया संकलन गरी प्रधानपञ्चहरूले काठमाण्डैा पठाएका थिए भन्ने सुनिन्छ । हालसम्म पनि सिंहदरबारमा भएको अागलागीको कारण खुल्न सकेको छैन् ।
नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए।
राती त्यस्तै १० बजेको हुँदो हो। एकाएक ‘विद्युत् सर्ट’ भएर आगलागी भएको बताइयो। बिहान हुँदा नहुँदै राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए। नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो। त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो।

वि.स. १९५८ असार १० गते बुधबारका दिन चन्द्र शमशेर सत्तामा आए। सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरे
प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे।
निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।

ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।

सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो।
सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।
चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।
त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए।

चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगालदरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे।

यसै दरबारबाट जुद्ध शमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरेको थियो। पछि उनीहरुलाई मृत्युदण्ड दिइएको थियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button