प्रदेश ६

अर्घाखाँचीमा पनि जीप दुर्घटना: ३ को मृत्यु १२ घाइते

अर्घाखाँची : अर्घाखाँची जिल्लाको नुवाकोटको लात्तेबाजमा जीप दुर्घटना हुँदा ३ जनको को मृत्यु र १२ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।

सदरमुकाम सन्धिखर्कबाट करिब ७ किलोमिटर नजिक भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा जीप दुर्घटना भएको हो। सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागी छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताए।

लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यलयका प्ररहरी निरीक्षक गम्भीरजंग थापाले बताए। मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ।

घाइते ९ जनालाई बुटबल रिफर गरिएको छ। तीन जनाको सन्धिखर्कमा उपचार भैरहेको छ। गाडी चालक प्रहरीको नियन्त्रणमा बाहिर रहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडीमा १५ जना सवार थिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button