मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – १२

लात्र मात्र कुजात्र

(आज अति श्रद्देय पहिलो गुरुको सम्झना )

पदम प्रधान गुरुले कहिले देखि पढाउन शुरु गर्नु भएको हो थाहा भएन । तर म २०२८ सालमा १ कक्षामा भर्ना हुँदा उहाँका चेला पनि प्रा वि शिक्षक भै सकेका थिए । उहाँ पनि प्रा वि शिक्षक नै हुनु हुन्थ्यो । माथीको वाक्यांश अधिकांश पोखरेलीले सुनेको पनि हुनु पर्छ । शिक्षाको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । उहाँले सरकारबाट पुरस्कार विभूषण पाउनु भयो भएन त्यो त थाहा भएन तर उहाँले निशुल्क कति र कतिलाई पढाउनु भयो त्यो पनि लेखाजोखा नहोला । तर उहाँले पढाएका विद्यार्थीले कलिल्यै बिर्सिने छैनन् । देश /सरकारले बिर्से पनि । उहाँका चेला चेली कति उच्च तह पुगे , लेखाजोखा नहोला । गरेर साध्य पनि छैन । जसरी असल चेला चेलीले गुरु बिर्सन्नन् त्यसरी नै उहाँले प्रायः चेला चेली बिर्सनु हुन्न । हामी एकै नगरबासी भए पनि आकल झुकल मात्र भेट हुन्छ तापनि अभिवादन गर्दा साथै नामै काढेर सबै हालखबर सोध्न भ्याउनु हुन्छ ।

उहाँ पहिल्यै देखि अलि कम सुन्नु हुन्थ्यो सायद त्यही कारण होला बोली अलि स्पष्ट थिएन । तर बिस्तारै बोल्नु हुथ्यो । जसै बुझाउनु हुन्थ्यो । उहाँ का अक्षर छापा हाने जस्ता हुन्थे । ब्ल्याक बोर्ड्मा होस् या कापीमा । पाठ्य सामाग्री आफैं तयार गर्नु हुन्थ्यो । हिसाब सिकाउन , विभिन्न खालका सामाग्री आँफैले बनाउनु भएको थियो । स्थानीय स्रोतसाधन बाटै ।
उहाँका झोलामा , केही बाह्र पाने कापी , सिसाकलम, चक्कु (पेन्सिल कटर आइसकेका थिएनन्) प्राथमिक उपचारका सामान र निलो /रातो लेख्ने कलम कहिल्यै टुट्दैनथे । एक छिन् धैर्य गर्नु होस् , माथीको वाक्यांश बडा रोचक छ । प्रेरणादायी पनि छ ।

अलि बदमाशहरूको उहाँको नाम र छायाँ मात्रैले पनि सातो जान्थ्यो । आफ्ना विद्यार्थीको जहाँ जता पनि उहाँको निगरानी पुगेकै हुन्थ्यो । मैले माथी नै उल्लेख गरें उहाँका झोलामा राख्ने सामाग्रीको । सानो तिनो चोटपटक जो सुकैलाई लागे पनि तत्काल यथासक्य मल्हमपट्टी गरि हाल्नु हुन्थ्यो । कक्षा शुरु हुनु अघि कुन विद्यार्थी कुन अवस्थामा छ कुन आएन एकै झलकमा थाहा पाई हाल्नु हुन्थ्यो । कापी कलम को कस सँग छ छैन कुन अवस्थामा छ सोध्नु हुन्थ्यो । सिसाकलम ताछ्न पर्ने भए क्लास शुरु नहुँदै आफैंले ताछी दिनु हुन्थ्यो , कसैको छुटपुट भए आफ्नै झोलाको दिनु हुन्थ्यो । त्यति हुँदा पनि विद्यार्थी कुथ्थुर हुन्थे । कारण उहाँले बुझाइ सके पछि बुझिन भन्न डर मान्थे बुझें भने एक एक गरेर सोध्नु हुन्थ्यो । यदी गलत भए गल्ती अनुसारको सजाय जसै भोग्नु पर्थ्यो । “लात्र मात्र कुजात्र”
गुरुको मुख बाट निस्के पछि कोही त धुर्धुर रुन शुरु गरि हाल्थे । तर पनि सुम्ला बर्षन पर्ने हो कि कान बटार्न पर्ने हो भै छाड्थ्यो ।

यति भनी सके पछि “लात्र मात्र कुजात्र”को अर्थ नखुलाए खल्लै होला । मैले पनि धेरै पछि मात्र उहाँले भन्न खोजेको कुराको अर्थ बुझेको हुँ । यस्को आसय यस्तो रहेछ । ” एक थाल खान मात्रै जानेको ,पढ्न नजानेको कुजात ” सायद सत्तामा बस्नेलाई उहाँले वा उहाँ जस्तैले यसरी क्लाँस लिन पाउने हो भने सबै कुजात हरू ठिक ठाउँमा आउँथे होलान् ।

पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग ११

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button