मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – ९

कमान्डर इन चिफ

आज बाल्य/किसोरावस्थाको क्रम भंग गरेर जागिरेवस्थाको संस्मरण राखें भोलि देखि पुन उतै जोडिने छु । रोचक पनि छ। )
२०४४सालमा म तेश्रो पटक दिवा सेसनमा क्याम्पस भर्ना भएको थिएँ ।प्राविधिक जागिर भएकोले रातिको ड्युटी मिलाएर । हाम्रो शाखामा १८/२० जना जति स्टाफ थियौं पुरुष महिला बराबरै सबैको सल्लाह अनुसार मलाई रातिको ड्युटी पढिन्जेल दिने आश्वासन पाए पछि दिवाकालिन सेसनमा भर्ना भएको थिएँ ८/९महिना दुबै तिर धानें जागिरको परिक्षणकाल पनि हटि सकेको थियो । नियमित प्रक्रिया अनुसार पहिला शाखा प्रमुख सरुवा भै गोर्खा तिरका एक जना बस्नेत थर भएका क्षेत्री हाम्रो शाखा प्रमुख भै आएक थिए । नाम सँग जङ्ग जोडिएका , हामी भन्दा एकै तह माथी भए पनि निकै हैकम देखाउन खोज्थे । तर हामी सबै स्थानीय भएकाले तिनको दाल गल्दैन थ्यो । हामी एक जुट थियौं । पुरुष साथी हरू कोही पढ्ने कोही बाहिर व्यवसाय गर्ने पनि थियौं । ड्युटी एकदम कडा जिम्मेवार पूर्ण हुन्थ्यो । उच्च तह सँग प्रत्यक्ष सरोकार राख्ने संचारको मुटु संचालक । उनी आए पछि खैला बैला पार्न निकै कोसिस गरे ड्युटी चेन्जफेन्ज गरेर । पहिला राम्रै मुखले मान राख्दै गयौं । जति मान राख्यो उति हेप्न खोज्ने । अफिस सँगै सानो क्वाटर उनलाई दिइएको थियो । एक्लै क्वाटरमा बस्थे । तिक्तता निरन्तर बढी रहेको थियो । २ बर्ष उनको सरुवा हुने गुन्जाएस पनि थिएन । जसै मिलेर हुन्छ कि थर्काएर हुन्छ उनैको अण्डरमा काम नगरी सुख थिएन । हुन त मेरै दाजु पनि उनी भन्दा उच्च तहमा हुनुहुन्थ्यो । तर मैले कहिले पनि साना तिना कुरा दाजु सँग भन्दैन्थे । उनले दुख दिने क्रम चली नै रहेको थियो । ड्युटी चार्ट जस्तो बनाएर दिए पनि हामी हामी मिलेर आफ्नो अनुकुलको ड्युटी गर्थौं । साथी हेमराजले पनि भर्खरै व्यवसाय शुरु गर्नु भएको थियो । हेम दाजुको र मेरो प्रायः सँगै ड्युटी पर्थ्यो रातीमा ।
बस्नेत सँगैको क्वाटरमा बस्ने एक्लो भएकोले साँझ प्रायः रक्सी खाएर दुख दिई रहन्थे । हेमराज दाजुले आफूले रक्सी नखाने भए पनि आफ्नो पक्षमा सोझिन्छ किन भनेर कैयौं पटक टन्न ख्वाउनु हुन्थ्यो । केही दिन शान्त हुन्थ्यो फेरि आफ्नो पारा निकाली हाल्थ्यो । आजित भै सकेका थियौं ।
हाकिम सित उस्ले नै चाप्लुसी गर्ने भएकाले , हाकिमले हाम्रो कुरा सुन्ने सम्भावना पनि थिएन । जसै उसलाई तह नलगाइकन भएको थिएन ।
जैले पनि राती रक्सी खाएर ढोका खोल भन्थे , हामी चुपचाप नखोली आफ्नो काम गर्थेम् । हेमराज दाजु पनि निकै सहनशील हुनु हुन्थ्यो सके सम्म बरु सानै भै दिने विवाद गर्न नचाहने खालको । म त झनै कलझगडा भने पछि दश हात पर सर्थें ।
निकै जाडोको बेला थियो , हामी नै ड्युटीमा थियौं राती दस बजिसकेको थियो लोड पनि निकै कम भै सकेको थियो । सुत्ने सुरसारमा थियौं । सुते पनि निकै चनाखो हुन पर्थ्यो । बस्नेत जी त्यो दिन टिल्ल परेर आए । एक छिन ढोका खोलेनौं , जातिबित्ती गर्न थाले पछि दाजुले आज यस्लाई ठिक पार्न पर्छ जाउ ढोका खोल भन्नु भयो । मैले मानी रहेको थिइन । दाजुले ह्या जौ यस्लाई आज म ठिक नगरी छोड्दिन गए जान्छ जागिर । भनेर आफैं गएर ढोका खोल्नु भो । भित्तो समाउँदै भित्र पसे । आफ्नो पारा देखाउन थाले । दाजुले उनैको कार्यकक्षको कुर्ची ल्याएर त्यसैमा बसाले । हामी शान्त बनाउन गर्नु विधि गरियो । क्यै सीप नलागे पछि हामीले पनि गोर्खे पारा देखाउने निधोमा पुगियो । दाजुले खुसुक्क सानो स्वरमा भने, भाइ यसैको गल्वन्दीले यै कुर्चीमा बाँधम् र महेन्द्रपुलको चोकैमा लगेर राखिदिम् भोलि देखा जाएगा । यस्ता जागीर गए अन्त खाम्ला हाम्लाई जस्ले नि पत्याउँछ्न् । नत्र बिजनेसै गरम्ला हाम्रा हातमा सीप छ के को डर ? भनेर हौस्याए । लाटो रीस उठिसकेको थ्यो । त्यसै गर्ने निर्णय गरियो । एकै चोटि दाजुभाइले कर्‍याप च्याप पारेर उसैको कुर्चीमा बाँधेम र झ्यान्कुटी पार्दै कुर्ची सहित बीच बाटोमा लगेर राखी दिएम् । उ कराई रहेकै थियो तिमीहरूको भोलि जागीर चट पारी दिन्छु भन्दै । बजार एकदम सुनसान थियो । गेटमा साँचो थिएन । तारले गेट मज्जाले बाँधेम् र ढोका लाएर एक डेड घण्टा त्यतिकै नसुती बसेम् साढे एघार बजे तिर झ्याल बाट चिहाउँदा उ त्यहीँ शान्त भएर निदाए जस्तो देखिन्थ्यो । अनि हामी सुतियो । बिहान साढे पाँच तिर ढोका खोलेर बाहिर हेर्न गयौं के कसो भएछ भनेर । हामी उठ्दा त गेट भित्र कुर्ची रहेछ मान्छे थिएन । कति बेला अरुले उद्दार गरि दिएछन् कि आफैंले गाँठो खोल्न सफल भएछ्न् , कुर्ची भित्र राखेर बस्नेत जी बिहान आफ्नै कोठा (क्वाटर)मा सुति रहेका थिए । बिहान सात बजे हाम्रो ड्युटी सकियो । ड्युटी बुझाउने साथीलाई रातीको वृतान्त बुझाएर चिया पिएर हामी बिदा भयौं ।
बस्नेत जी लाई ओखती गरे जस्तो भयो । रक्सी नै खान छाडे । त्यस्तो व्यवहार गर्न पनि छाडे ।

पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग – ८

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button