प्रदेश ३

धर्म प्रचारको आरोपमा जापानी दम्पति प्रक्राऊ

भीसा प्रयोजन विपरित काम गरेको र क्रिश्चियन धर्मको प्रचारप्रसार गर्ने दुईजना विदेशी नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जापानका ४१ वर्षीय मेर्सिया माशाहिरो (राहदानी नम्बर ‘टिके २४८५६००’ र ३६ वर्षीया युकारी हासीमोटो (राहदानी नम्बर ‘टिके ९७३२५२६’ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। माशाहिरो र हासीमोटो दुवैजना श्रीमान श्रीमति हुन्।

पोखरास्थित शिवशक्ति क्याम्पसको बिए प्रथम वर्षमा अध्ययनका लागि भन्दै विद्यार्थी भीसामा जापनबाट नेपाल आएका उनीहरु रुपन्देहीको सालझण्डीस्थित घरभाडामा बस्दै आएका थिए। भीसा प्रयोजन विपरित बसेर क्रिस्चियन धर्मको प्रचारप्रसार गरिरहेको जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।

यसअघि पनि उनीहरुको धर्म प्रचारप्रसारका लागि नेपाल आउँदा पक्राउ परेका थिए।प्रहरीले सैनामैना नपा १० सालझण्डी स्थित उनीहरु बस्दै आएको घरभाडाका घरधनी धुव्र नारायण भट्टराईलाई पनि पक्राउ गरेको छ।

घरको माथिल्लो तल्लामा पक्राउ परेका जापनीज नागरिक बस्दै आएको र तल्लो तल्लामा क्रिस्चियन धर्मसम्बन्धी प्रवचन गरिँदै आएको छ। पक्राउ परेका विदेशी नागरिकको कोठाबाट क्रिस्चियन धर्मको प्रचारप्रसारका लागि आवश्यक पर्चा पम्पेलटलगायतका कागजपत्र बरामद भएको एसपी थापाले बताए। पक्राउ परेका भट्टराईमाथि अभद्र व्यवहार मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button