मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – ७

मन्त्री हुने ग्यारेन्टी

चन्द्र प्रसाद अंकल , बुबाको मिल्ने साथी कुनै बेला सँगै व्यवसायिक पार्टनर पनि । नाता पनि थियो । उहाँको परिवार सँग । सँगै हुर्के बढेका रे । उहाँ हरूको धेरै ठाउँमा जग्गा जमिन थियो । उहाँ बेला बखत हाम्रो घर आइ रहनु हुन्थ्यो । बुबालाई सम्झेर रुनु हुन्थ्यो पनि । उहाँको पुर्ख्यौली यही भए पनि , प्रायः बसाइँ सरि रहनु हुन्थ्यो । कहिले कता कहिले कता । झापा देखि बाँके बर्दिया सम्म अवसर खोज्दै हिँड्नु हुन्थ्यो अन्तमा बाँके नेपाल गञ्जमा गएर अडिनु भयो । तर बर्ष बर्षमा पोखरा आइरहनु हुन्थ्यो । पोखरा आउँदा हाम्रो घरमा जसै आउनु हुन्थ्यो । प्रत्यक बर्ष आउँदा आमालाई सान्त्वना दिई रहनु हुन्थ्यो । अब धेरै दुख गर्न पर्दैन भाउजू भनेर १० /८ बर्ष कष्ट गर्नुहोस् । छोरा बढे पछि बाबुको बीँडो धान्छ्न् । यो कान्छो त मन्त्री हुन्छ लेखेर राख । यति कुरा ग्यारेन्टी छ । भनेर आमालाई मख्ख पार्थे । हेर्नू त यस्को टाउको कत्रो छ ? यस्ता एकदम भाग्यमानी हुन्छ्न् भन्थे । म पछि मन्त्री हुनेमा ढुक्क थिएँ ।

हुन पनि म भविष्यमा मन्त्री हुन लाएक नै थिएँ । हण्डा जत्रो टाउको , घैटो जत्रो पेट , मुरली जत्रा हात खुट्टा , जति खाए नि अघाएको थाहा नपाउने , बसेको ठाउँ बाट हम्मेसी नउठ्ने । एकदम कम बोल्ने सके सम्म इशाराले नै काम चलाउने । नाम पनि प्रसस्तै थिए ठूला बडाले आफ्नो अनुकुलको नाम राखी दिएका थे । जस्तै , घैंटे , गाउरे, घण्टाउके , सुस्ती सुदामा कति हुन कति । सुदामा नाम भने पछि सम्मै रह्यो । दाइले र आमाले भने स्यानु भन्नु हुन्थ्यो ।
हजुर ! चन्द्र प्र अंकल सालना आउनु हुन्थ्यो र आमालाई हर साल मन्त्री हुन्छ भनेर उसै गरि सान्त्वना दिएरै जानु हुन्थ्यो । आमाका आशाका मुना पलाई रहेका बढी रहेका हुन्थे । अंकलले भनेको अझै विश्वास नलागेर
बेला बखत हेराउन जानु हुन्थो । ज्योतिषीले पनि त्यस्तै आश्वासन दिएर पठाउँथ्यो । कति पटक त साथै लिएर पनि जानु भयो आमाले हेराउने ठाउँमा ।
मेरो त्यो हुलिया १०/११ बर्ष सम्म रह्यो । पछि क्रमशः पेट घट्यो हात पाखुरा बढे पछि टाउको पनि सानो देखिन थाल्यो अलि फूर्तिलो पनि भएँ ।
तर अंकलको र ज्योतिषीको भविष्यवाणी भने फेल खायो । जान्ने भए पछि अंकललाई जिस्क्याउँथे खै त अंकल म त मन्त्री भै”न ? अंकल हाँदै भन्थे , मन्त्री कहाँ भन्या हो र? मन्त्री जस्तो पो भन्या हुँ । त्यो पनि भोलिको कुरा कस्ले जान्दछ र ? अंकल केही बर्ष अघि क्यान्सरले बित्नु भयो । तर उहाँले आमालाई दिएको सान्त्वना सम्झी रहन्छु ।

मेरो जागरण मेरो जीवन भाग – ६

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button