खेलकुद

विश्वकप छनोट खेल्न यू१९ क्रीकेट टोलीलाई विदाई

काठमाडौंमा आज एक कार्यक्रम गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब केशव कुमार विष्ट र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेललाई हस्तान्तरण गर्दै विदाई गरे । विदाई टोलीमा १४ खेलाडी र ३ अफिसियलसहित कुल १७ जना रहेका छन् । सबै खेलाडीलाई खादा र माला लगाएर विष्टले विश्वकप छनोटको लागि विदाई शुभकामना दिएका थिए । नेपाली टोली आज दिउँसो १:२५ मा मलेसियातर्फ लाग्ने छ ।

अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । जसमा शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ एक दिवसिय विश्वकप खेल्न पाउनेछ । जारी प्रतियोगितामा नेपाललाई प्रमुख दावेदार मानिएको छ। कप्तान रोहित र प्रशिक्षक दासले नेपाल विश्वकप खेल्नेमा आफु विश्वत रहेको बताए ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेल १३ अप्रिलमा यूएई,१५ अप्रिलमा मलेसिया,१६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने कार्यतालिका रहेको छ ।

यू-१९ विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य टोली :

१. रोहित कुमार पौडेल (कप्तान)
२. आशिफ शेख
३. पवन सरार्फ
४. भिम सार्की
५. सन्दीप जोरा
६. सागर ढकाल
७. रित गौतम
८. कमल सिंह ऐरी
९. राशिद खान
१०. सूर्य तामाङ
११. अभिषेक बस्नेत
१२. कुशल मल्ल
१३. हरि बहादुर चौहान
१४. प्रतिस जिसी

अफिसियल:
विनोद दास -प्रमुख प्रशिक्षक
रमन शिवाकोटी – टेक्नीकल म्यानेजर
विक्रम न्यौपाने – फिजियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button