कला साहित्य

लालकाजी श्रेष्ठको गजल- अपराधी हुँ गिरफ्तार गरेको मन पर्दछ

केही अवधि त भूमिगत हुन्छु खोजी कार्य चलाएको मनपर्छ
मानौं तिमी प्रहरी म अपराधी हुँ गिरफ्तार गरेको मनपर्छ

जानी जानी कैयौं बाजी काकाकुलसम्म पारिदिएकोछु
तिम्रो मनको प्यास भरिंदै भरिंदै ओंठसम्म पुगेको मनपर्छ

जब बढ्दैजान्छ काखमा राखेर तिमीलाई फकाउने रहर
मलाई तिमी रिसाएको मनपर्छ तिमी रोएको मनपर्छ

प्रश्न गलत सोधिदियौ तिमीले के नबनेको मनपर्दैन भनूँ
तिम्रो आँखा ,गाला ,कम्मर सब मेरै बनेको मनपर्छ

सज्जन पल्टिनुछैन भलाद्मी पल्टिनु नि छैन अब तिम्रो अगाडि
अरूले त हैन तिमीले चाहीं बदमासै सोंचेको मनपर्छ

© लालकाजी श्रेष्ठ

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button