प्रदेश १

बुवाको उपचार खर्च जुटाउन सफारी चलाउनेदेखि सिमेन्टको बोरा बोक्नेसम्मको काम गर्दै १७ वर्षिया बालिका

१७ वर्षिया एक युवतीले ५० केजीको सिमेन्टको बोरा लोड अनलोड गरेको देख्दा तपाइलाइ कस्तो लाग्छ । शिक्षा संकाय लिएर कक्षाा १२ पढ्दै गरेकी उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई को दैनिकी सिटी सफारी चलाउने र सिमेन्टका बोरा बोक्दैमा दिन बित्न थालेको छ ।

सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारबोध थपिएपछि उनको दैनिकी फेरिएको हो ।

उर्लाबारी–२ डुम्रेकी १७ वर्षिया अम्बिका भट्टराई सिटी सफारी चलाउँदै ।
९ बजे कलेजको टिफिन हुन्छ । टिफिनमै घर(डुम्रे) फर्किन्छन् । खाने बनाउँछिन् । घरयासी काम सकेर सफारी निकाल्छिन् । कहिले सीमसारको गेट अगाडि त कहिले मंगलबारे चोककाे सफारी स्टेशन अगाडि यात्रुको खोजीमा पुग्छिन् । दिनभर सफारी कुदाउँछिन् । कहिले काही सिमेन्ट पनि बोक्छिन् ।

साँझमा घर पुग्छिन् । यति गर्दा उनी दैनिक हजार रुपैयाँ कमाउँछिन् । कहिले काही त्यो पनि कमाउँदिनन् । परिवारको सम्पूर्ण खर्च सफारीबाट उठाउने कोसिस गरेकी छन् ।

उनी अन्य कोही नभएर उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई हुन् । बुवा बिरामी भएर थलिएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ । उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि खर्च जाेहाेका लागि सफारी कुदाउन थालेकी हुन् ।

अम्बिका हिजोआज बुवाको उपचारका लागि सफारी कुदाउन थालेकी छन् । तीन वर्षसम्म बुवाको उपचार गर्दा जयजेथा सकिएपछि भट्टराई परिवारमा यतिबेला पीडा थपिएको छ ।

सिटी सफारीबाट सिमेन्टको बोरा अनलोड गर्दै ।

भरतपुर स्थित क्यान्सर अस्पतालले २२ दिनको अन्तमा १२ महिनासम्म एक लाख रुपैया प्रतिगोटा पर्ने सुई लगाएपछि रोग निको हुने जनाएको छ । खर्च जुटाउनका लागि उनले सफारी कुदाउन थालेकी हुन् । उनको यो संघर्षले जो कोहीको मन छुन सक्छ ।

अम्बिकाले आफ्नो बुवा नारायणप्रसादको उपचारमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गरेको खबर काठमाण्डौ दैनिकमा छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button