प्रदेश २

एक महिनाको तलब हावाहुरी पिडितलाई दिने घोषणा

बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडितलाई सर्लाही निर्वाचन क्षेत्र नं. २ को ‘ख’ का प्रदेशसभा सदस्य अशोक कुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादवले आफ्नो एक महिना बराबरको तलब रकम दिने घोषणा गरेका छन्।

सम्पूर्ण पीडित परिवारको दुःखमा आफ्नो रकमले थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिनाको तलब दिने घोषणा गरेको प्रदेशसभा सदस्य अशोक र अध्यक्ष विक्रमले बताए।

अशोकले आफ्नो एक महिनाको तलब ५४ हजार ६ सय ४२ र अध्यक्ष विक्रमले ३ हजार ५ सय दिने जनाएका छन्। मुख्यमन्त्री राहत कोषमार्फत रकम पीडित परिवारसम्म पुर्‍याउने अशोकले बताए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button