विश्व

सुत्केरी भएको एक महिनापछि फेरि जुम्ल्याको जन्म

बंगलादेशमा एक सुत्केरीले एक महिना पछि फेरि जुम्ल्याहलाई जन्म दिएकी छिन् । बंगलादेशको खुल्ना जिल्लाको ग्रामीण वस्तीकी २० वर्षीया अल्फा सुल्तानाले गत फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिएको २६ दिन पछि जुम्ल्याहलाई जन्म दिएकी हुन् ।

दुईवटा पाठेघर रहेकी महिलाको दोश्रो पाठेघरमा रहेका दुई शिशुलाई शल्यक्रिया गरी निकालिएको चिकित्सकलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ती जुम्ल्याह शिशु स्वस्थ्य रहेको जनाइएको छ । पहिलो सन्तानलाई जन्म दिँदासम्म अल्ट्रा साउण्ड नगरेका कारण ती महिलालाई तीन सन्तान रहेको जानकारी नै नभएको चिकित्सकले बताएका छन् ।

पहिलो सन्तानलाई जन्म दिन अस्पताल पुगेका समय अल्ट्रा साउण्ड गर्दा मात्रै अन्य दुई सन्तान समेत रहेको पत्ता लागेको चिकित्सक सिला पोद्धारले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button