मुख्य समाचार
ट्रेन्डिङ

खोटाङ्गमा एकै परिवारका ४ जना अनौठो रोगले ग्रसित (तस्विरसहित)

जिल्ला प्रशासन कार्यालय र पत्रकार समेत अनभिज्ञ ।

जागरणपोस्ट

दिक्तेल (खोटाङ्ग)-

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.६ नेर्पा का विरबहादुर गजमेर र लक्ष्मी गजमेरका १३ सन्तान मध्ये ५ जना सकुशल छन् । १ जनाको सानैमा मृत्यु भयो। बाँकी ७ जना १५ वर्षको उमेर पुगेपछि अनौठो रोग बाट पिडित हुँदै आएका छन। तिमध्ये १ जना स्कुल पढ्न गएका घर फर्किएर आएनन भने २ जना गोलीगाँठो देखि नैं थलिंदै टाउको माथि पुगेपछि कुजिएर मृत्यु भयो। अब घरमा चार जना बिरामी छन् जसमध्ये २९ वर्षिय कोपिला गजमेर, २१ वर्षिय चन्द्रा गजमेर, २० वर्षिय मनिषा गजमेर र १५ वर्षिय चेतराज गजमेरको अवस्था पनि कुजिएर थलिंदै गएको छ । बिरामी मध्ये चन्द्रा गजमेर र मनिषा गजमेरले दश कक्षा उत्तिर्ण गरेक छन भने चेतराजले पढ्दैछन । कोपिला भने साक्षर मात्र छिन।

गरिबीको कारण विरबहादुरले छोरा छोरीको उपचार गर्न सकेनन । के रोग लागेको हो भनेर पत्ता समेत लगाउने अवस्था छैन। घरवरपर कै धामीझांक्रीको भरमा पर्दा विरवहादुरले अन्य १ छोरा र २ छोरी पनि गुमाऊनुपर्यो। बाँकी ४ जना छोराछोरीको स्थिति पनि दयनिय छ। । ४ छोराछोरीलाई बोकेरै भित्र बाहिर गराऊनुपर्ने बाध्यता रहेको रहेको विरवहादुरले श्रीमतीतर्फ हेर्दै वगुनासो गरे- “आमा लक्ष्मीले जसो तसो स्याहार गरेकी छन।” “घर भरि यस्ता छोराछोरी छन दैवले दशा मात्र दियो” जागरणपोष्टसंगको भेटमा आमा लक्ष्मी गजमेर भक्कानिएर रुन थालिन। म बाँचुन्जेल यी छोराछोरी गइ दिए हुन्थ्यो उपचार गरेर निको होला भन्ने आशा मरिसकेको छ। हामीलाई कसले साथ देला र? आमा लक्ष्मीले वेदना पोख्दै भनिन – “कपडामै दिशा पिसाव गर्छन मरेर जाने गई गए जिउँदाको पिरले दिन रात सताउँछ “। मलाई निकै दुख छ।

सामान्य छाप्राको बास, गरिखान खेतबारी छैन । उ तल बेसींको खेत एैध्यमा लिएका छौं तर त्यसले वर्ष भरि खान पुग्दैन । जसो तसो छोरा छोरी पढाइयो आज यिनको हालत यस्तो छ। शुरुमा सबै ठिक थिए तर १५ वर्षको उमेर पुग्दैगएपछि गोलीगाँठो बाट कुजिने रोग शुरु हुनथाल्यो। गतसाल माघ महिनामा बितेकी उषा गजमेरलाई काठमाडौंको सिभिल अस्पताल सम्म लगेका थियौं डाक्टरले रोग यही हो भनेर पत्ता लगाऊन नसकेपछि थेरापी गरायो र कसरी कसरत गर्ने भनेर सल्लाह मात्र दिएको बुवा बिरवहादुरले बताऊंछन। केही रोग छैन भनेर घर पठायो त्यसको केही दिनमै उनको मृत्यु भयो। उषा कोपिला भन्दा कान्छि थिइन ।
दुई तीन वर्ष अघि मनिषा गजमेर घर बाट भागेर हिंडी कहाँ गइ पत्तै भएन । पछि काठमाडौ पुगिछ कसो कसो मनिषा की जेठी दिदि जसले काठमाडौ काँडाघारी बस्छिन् भनेर खवर गरेकी थिईन, तर भेट हुन सकेको छैन। दिदिले खोजी गरेर आफु संगै राखेकी थिइ तर पछि मनिषा पनि सोही रोग बाट पिडित भएपछि दिदिको घर बाट भागेकी रहेछ त्यो मर्न भनेर हिंडेकी हो भन्ने मलाई लाग्छ घरभरी बिरामी उपचार गर्न आर्थिक समस्या छ अब मेरो हालत पनि दिदिहरुको जस्तै हुने भो भनेर उ मर्न हिंडेकी हो- बुवा विरवहादुरले गहभरि आँसु झार्दै वेदना पोखे।

शारदा भुसाल झा ले गरिन मनिषाको उद्धार

दिदिको घरबाट भागेर विर अस्पताल अगाडीको मन्दिरमा सडकमा बसेकी मनिषालाई सामाजिक अभियन्ता शारदा भुसाल झा ले उद्धार गरेर परिवारलाई सुम्पिदिएकी छिन। शारदाले मनिषालाई काठमाण्डौस्थित आफ्नै डेरामा २८ दिनसम्म राखेर अस्ति खोटाङ्गसम्म पुगि बाबुआमाको जिम्मा मात्र लगाईदिएकी छैनिन, उनकै पहलमा खोटाङ्गका सिडियो, डिएसपी,पत्रकारलगायतको पनि भेट गराई समस्या समाधानमा पहल गरिदिन आग्रह गरेकी छिन।

शारदा भुसाल झाको पहलपछि विरवहादुरले शारदालाई दिए धन्यवाद

शारदा भुसाल झाको पहलपछि अब आफ्ना छोराछोरीको उपचारमा कसैले सहयोग गर्छ कि भन्ने आश पलाएका विरवहादुर दम्पत्तिले शारदा भुसाल झालाई धन्यवाद दिंदै भने- “हिंजोका दिनमा जिल्ला सदरमुकाम दिक्तेल जाँदा सिडियोले भेट दिन मान्दैनथे । सिडियो साहेव, डिएसपि साहेव र पत्रकारहरु घर दैलोमै लिएर आउनु भो । हिंजो सम्म छोरीहरुको नागरिकता बनेको थिएन, अपांग परिचयपत्र थिएन कहिं कतैबाट साथ सहयोग थिएन तर आज एक्कासी हामीले यावत अधिकार पाउने कुराले निकै खुशी तुल्याएको छ । सिडियो साहेव र डिएसपि साहेव हाम्रो घर सम्म आउनु चानचुने कुरा होइन हाम्रो लागि यति ठूलो काम मेडमले गरिदिनु भो” मेडमको यो गुन हामिले कहिल्ल्यै बिर्सन सक्तैनौं- विरवहादुर दम्पत्तिले हर्षविभोर हुँदै भने- सिडियो साहेवले वाचा गर्नु भएको छ । वडा अध्यक्ष जसलाई हाम्रो पिडा सबै थाहा थियो केहि हुन सकेको थिएन उहाँलाई घरमै बोलाएर सामाजिक सुरक्षा भत्ता क वर्गको बनाइदिने, उपचारमा आर्थिक सहयोग दिलाइदिने, नागरिकता बनाउन घरमै पहल गर्ने र घरमै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता दिन्छौं त्यसको फाराम भरेर सहि छाप लगाइ तस्वीर खिचेर तयार गरेपछि जिल्ला प्रशासन कार्यालयमा खवर गर्नु होला भन्नु भएको छ ।

मनिषा गजमेर काठमाडौं महांकाल मन्दिर परिसरबाट उद्दार गरिएकी थिइन । मानवसेवा आश्रम र नेपाली साझा मञ्चले गत अन्तिम साउनमा उद्दार गरेको थियो । परिवार भएकोलाई आश्रममा राख्ने नियम नभएको जानकारी साथ मानवसेवा आश्रमले मनिषा गजमेरलाई साझा मञ्चलाई हस्तान्तरण गरेको पत्र जनसेवा प्रहरी प्रभागलाई गराएपछि प्रहरी प्रभाग द्धारा मनिषालाइ नेपाली साझा मञ्चका कार्यबाहक अध्यक्ष शारदा भुसाल (झा) संग रहने र सोहि ठाउँबाट सकेको उपचारका साथै मनिषा गजमेरलाई घर परिवारलाई जिम्मा लगाउने भनेर पठायो र मनिषा र शारदा भुसाल (झा)को साथमा २८ दिन बसेकी थिइन । उनको उपचार विर अस्पतालमा गराइयो । एमआरआइ लगायतका अन्य उपचार कुनै सिभिल त कुनै पाटन अस्पतालमा गराएको हो । रिपोर्टमा कुनै रोगको पहिचान हुन सकेन । घरमा अन्य पनि सोही रोग बाट थलिएको जानकारी पछि विर अस्पतालको परामर्शले वंशाणुगत रोग हुन सक्ने आशंका गरेको थियो । वंशाणुगत हो वा होइन भन्ने जान्न मात्र पनि भारु पाँच लाख जति लाग्छ तर दिल्लीको गंगाराम अस्पतालमा मात्र यसको जाँच हुने र जाँचमा रिस्क हुने जानकारी दिएका थिए । अब मेरो एकल प्रयासमा यो सबै सम्भव थिएन । घर परिवारको मञ्जुरी र आर्थिक नभई उपचार हुन सक्ने देखिएन । दुइवर्ष अघि भागेर गएकी छोरी एक नजर देख्न पाए हुने थियो भने पछि भदौमा उनलाई पढाउने शिक्षकको जिम्मेवारीमा दिक्तेल पठाएको हो।

उनी दिक्तेलमा नै थिइन । उपचारको लागि फेसवुकमा आव्हान गरेको हो तर सहयोग जुट्न सकेको थिएन । एकाएक यहि चैत्र ६ गते खुट्टामा तातो पानि परेर खुट्टामा ठूलो घाउ भएको छ भन्दै रोइन । एक पटक भेट्नु पर्यो अरु केहि नभएपनि उनीहरुको नागरिकता बनाइदिने र सामाजिक सुरक्षा वा अपांग भत्ताको व्यवस्था गरिदिन पर्यो । विभिन्न पत्रपत्रकार, समाजसेवी र प्रशासन संग हारगुहार गरेर भए पनि उनीहरुको उपचारको लागि आर्थिक जुटाउन मद्दत गर्न पर्यो भन्ने उद्देश्यले शारदा भुसाल झा काठमाण्डौबाट सोझै दिक्तेल गएकी थिईन।

उद्धारबारे शारदा भुसाल झा

“मैले काठमाडौं बाट नै पत्रकार एवम् समाजसेवी मित्रहरुको टिमै लिएर दिक्तेल जाने तयारीमा थिएँ तर समय अगावै बन्यो तर जव जाने समय आयो त्यस बेला सबै साथीहरु विभिन्न पिडितहरुको साथ सहयोगको लागि व्यस्त हुनुहुन्थ्यो । सबैको समस्यालाइ गहन विचार गरेर १० गते एक्लै दिक्तेल जाने तयारी गरें । मित्रहरुले भन्नु भो हजुरले ल्याउनु भएको समाचारलाई हामी समेट्न मद्दत गर्नेछौं । यो कुरा पनि मेरो लागि धेरै ठूलो खुशीको कुरा थियो । नयाँ यात्रा एकल तय गर्दै दिक्तेल पुगें ।
मैले सोंचेको जस्तो दिक्तेलमा सबैको साथ सहयोग पाएँ । नगरकार्य समिति सदस्य गंगा विक, संगित प्रेमी संजिव राई, उद्दिम राई, प्रमुख जिल्ला अधिकारी, डिएसपि, वडा अध्यक्ष माधव राई लगायत सबैको ठूलो साथ सहयोग रह्यो । प्रमुख जिल्ला अधिकारी विरामी हुनुहुन्थ्यो तथापी मनिषा गजमेरको घर सम्म पुग्न तयार हुनु भो । दिक्तेलमा यो रोगबाट यसरी विरबहादुरको परिवार पिडित छ भन्ने कुनै जानकारी सम्म नभएको कुरा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल ज्युले जानकारी दिनु भयो । पत्रकार मित्रहरुले समेत हामीलाई अहिले काठमाडौं बाट मेडम आएर भन्नु भो र बल्ल जानकारी पाउँदैछौं । हामीलाई यस बारे जानकारी भएको भए उहाँको परिवारलाई साथ सहयोग जुटाउनको लागि सहयोग गर्ने थियौं । शारदा मेडमले हो भन्दा पनि पत्याउने पक्षमा थिइन, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र राज पौडेल भन्नुहुन्छ, सिधै वडा अध्यक्ष माधव राई लाई फोन गरेपछि बल्ल थाहा भो ।
हामी जानु पर्छ हामी साथमै जान्छम भन्दा निकै खुशी लागेको थियो । प्रमुख जिल्ला अधिकारीले विरबहादुर गजमेरको घरमै पुगेर नागरिकता बनाइदिने, अपांग परिचयपत्र बनाइदिने, नगरपालिकालाई आर्थिक सहयोगको लागि सिफारिस गरिदिने अन्य कहि कतै जिल्ला प्रशासन कार्यालयको सिफारिसको लागि रोक्किनु पर्दैन जहाँ जसरी सिफारिस गरिदिन पर्छ हामी गरिदिन्छौं । अपांग परिचय पत्र बनाउँदा क वर्गको बनाउनु पर्छ यसका लागि हिंजोको दिनमा जे जस्तो भएपछि आजको दिनमा सिडियो अगाडी रहनेछ । वडा अध्यक्षले सबै काम गर्ने र कहिं कतै गाह्रो अफ्ठेरो परेको खण्डमा सिधै सिडियोलाई फोन गर्ने मेरो जिम्मेवारी म पुरा गर्नेछु भन्नु भो ।
हिंजो सम्म पहुँचबाट टाढा भएको परिवारले सबैको साथ सहयोग पाएको छ । मिडियाका मित्रहरु र सामाजिक सञ्जालमा जोडिनु भएका देश विदेशमा रहनु हुने सबै नेपाली साथीभाइ एवम विशेष गरेर दिक्तेलवासीहरुको पूर्ण साथ सहयोग पाउनु हुनेछ । विर अस्पतालको डाक्टरले गरेको रिफर र सो मा लाग्ने रकम जुटाइ घरपरिवारको एक जनालाई दिल्ली लगेर रोग पहिचान र उपचार हुन सक्ने नसक्ने सो विषयमा जानकार भएपछि सबैको उपचार गर्ने यदि उपचार सम्भव नभएको खण्डमा उनीहरुको लागि थप के गर्न सकिन्छ सो व्यवस्था गर्ने भन्ने कुरा भएको छ।”

शारदा भुसाल झा को अपिल

घरपरिवार संग रातीमा साथै बसेर घर सल्लाह गर्दा पनि रोगकै पहिचान र पहिचान पछि उपचार सम्भव हुन सक्ने नसक्ने जानकारी पछि मात्र थप अगाडी के गर्ने भन्ने विषयमा छलफल गरौंला । अहिले घरपरिवारमा सिधै रकम हस्तान्तरण गर्दा खर्च हुन सक्ने सम्भावना भएको र खाता समेत नभएकोले तत्काल म शारदा भुसाल (झा)को नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय पुल्चोक ललितपुरमा रहेको खाता संचालनमा ल्याउने र सम्पूर्ण उठेको रकमको जिम्मेवारी लिई उक्त रकम मांग अनुसार जम्मा भएपछि घरपरिवारलाई हस्तान्तरण गर्ने भन्ने सल्लाह भएको छ ।
देश विदेशमा रहनु भएका सम्पूर्ण आमावुवा दाजुभाई दिदिबहीनी सबैले विरबहादुर गजमेरको परिवारमा रहेका चार जना बिरामीको अवस्थालाई बुझेर आर्थिक रुपमा साथ सहयोग गर्न इच्छुक हुनुहुन्छ भने
शारदा भुसाल (झा) राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय पुल्चोक ललितपुर, खाता नम्वर ११४००२६१०३१० वा शारदा भुसाल (झा) नागरिकता नम्वर ०४३३२५२८ बाट वा ९८६२२५९८७९ मा फोन गरेर पनि साथ सहयोग गर्न सक्नु हुनेछ । धन्यवाद।”

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button