मुख्य समाचार

पाठकविरुद्ध ७८ लाख बराबरको भ्रष्टाचार मुद्धा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ।

लामो अनुसन्धानपछि आयोगको बैठकले मंगलबार भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। निर्णय अनुसार पाठक र नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेलाई विपक्षी बनाई ७८ लाखको मुद्दा दायर भएको हो।

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका थिए।

आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

‘पाठकलाई एकपटक ४० लाख र अर्कोपटक ३८ लाख रकम दिएको हुँ’, झाले वयानमा भनेका थिए। घुस प्रकरणका एक आरोपी नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने फरार भएपछि मुख्य आरोपी रहेका पाठकसँग बयान लिएको थियो।

पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button