कला साहित्य

बर्वाद हुन तयार छु- जया ओझा (कविता)

जया ओझा –

यति धेरै माया गर्छौ कि
नतमस्तक बनेकि छु ।
तिम्रो त्योआखामा
मेरो प्रेम रसाइदिदा
आफ्नै आँखा आफ्नै मुटु
भिजाउने गरेकी छु ।

डराउदिन तिम्रो प्रेममा
के के गुमाउनु पर्छ मैले
खुसी छु सुखी छु
जेजे पाइरहेकी छु अहिले ।।

म चौतारी हु
शितल छाया दिनु मेरो धर्म
थकाई लाग्दा सम्झ मलाई
बिसाउनु भारी म माथी
म सबै खेपी दिन्छु।
बदलामा तिम्रो स्पर्श नै काफी छ ।।

म तिम्रो सुखको लागि
बर्बाद बन्न तयार छु ।
सम्झ तिम्रो दुखमा म
हरपल सेवामा हाजिर छु

कामना छ सधैं यहि मेरो
तिमिलाई हेरेर म नअघाउ
मेरो जीवनका रङहरु सापटी दिएर
तिम्रो जीवन रङिन बनाउ

छोयौ मन मुटु, भयौ एक हामी
बहिरी दुनिया अलग छ तर पनि
भाग्य हाम्रो नदिका दुई किनारा
अलौकिक छ अस्तित्व अलग रहे पनि

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button