थप

कोरिया जाने लाईन पनि प्रधानमन्त्रीबाटै उद्धाटन गराऊने कि?

समाजवादी दुई तिहाई नेपाल सरकारको नेतृत्वमा वा निजी तवरमा नै किन नहोस् वा बहुराष्ट्रिय कम्पनी मार्फत यो एक वर्षमा पूर्व मेची देखि पश्चिम महाकाली सम्ममा,

१. कहाँ कहाँ कुन कुन प्रकारका रोजगारी सृजना हुने उद्योग धन्दाहरु सुरु भए ?

२. कहाँ कुन कुन प्रकारका रोजगारी सृजना हुने उद्योग धन्दाहरु सुरु हुँदै छन् ? सुरु गर्न को लागि कहा कहाँ अध्ययन हुँदै छ ?

३. कति वटा राष्ट्रिय उद्योग पतिहरू ले सुरु गरे वा गर्दै छन् उद्योगहरु ?

४. कति वटा बहुरष्ट्रिय कम्पनीहरुले सुरु गर्नेवाला छन् वा सुरुवात भयो ?

५. समाजवादी सरकार आफैले निजी क्षेत्रसँग कति वटा उद्योगमा साझेदारी गरिएको छ वा गरिदै छ ?

डा. अम्बरिस पोख्रेल

६. उत्पादनका उद्योग बिना पनि नेपालमा समृद्धि हासिल गर्ने अन्य आधारहरू के के हुन् ? ती कुराहरूमा चाहिँ यो सरकारले कहाँ कहाँ कति लक्ष्य हासिल गरेको छ होला ? कुनै जानकारी कहां छ ? कति सय नयाँ रोजगारी सृजना भए यो एक वर्षमा वा हुँदै छन् पाँच वर्षमा ?

७. खैरेले ठमेल, पोखराका केही होटल र सगरमाथाको क्याम्प तिर केही डलर खर्च (नेपालको पर्यटन उद्योग जसको योगदान बढीमा पाँच प्रतिशत भन्दा बढी हुन कठिन देखिन्छ) गर्दैमा नेपालका युवाहरु विदेशिन बाध्य हुँदैनन् भन्ने कुरामा सहमत हुने ठाउँ अझै दशकौ देखिँदैन नेपालमा ।

७. त्यसैले लागौं रात भरी, दिन भरी, मात्र होइन तीन दिन लाइनमा बसेर भए नी, विदेश जान अझ कोरिया जस्तो राम्रो कमाई हुने ठाउँमा, जानको लागि लाइन लागौं। समृद्धि हासिल गर्न पनि नेपाली युवा विदेशिनु पर्छ । यसो गर्दा सरकारलाई नैतिक र भौतिक सहयोग पनि हुन्छ । यो सहयोग त गर्नु पर्छ ।

८. नेपाली युवाहरुको समृद्धि विदेश नपुगी सम्भव देखिँदैन, कम्तीमा पनि अझै केही दशक । बरु एकले अर्कोलाई सहयोग गरौं विदेश जान, लैजान, बोलाउन वा पठाउन । यसमै नेपालि युवाहरुको r तिनीहरूका परिवारको कल्याण छ ।

९. बरु त्यो हजारौंको संख्यामा रहेको लाइन अघिल्लो दिन साँझ नै प्रधानमन्त्री केपी ओली का बाहुबली बाट उद्दघाटन गराऔं । अर्को दिनभर मन्त्रीहरुद्वारा लाइनको ठाउँ ठाउँमा भाषण गराऔं । युथ फोर्स र वाइसिएलले ताली ठोकौँ ! कति सुन्दर देखिने थियो होला !

१०. तर कहिले पनि दुइटा सानो प्रश्न नसोधौं । कमिशनको लागि राता रात राष्ट्रिय उद्योगहरु कौडीको मूल्य मा बेचिएका वा बन्द गराएकाहरु लाई कसले र कहिले कारबाही गर्छ ? के उद्योगहरु बेच्ने र बन्द गराउने सरकारहरुले देशलाई समृद्धि दिन सक्छ भनेर कहिले प्रश्न नगरौं ।

११. सुशासन र पारदर्शिता अवलम्वन गरेको २ तिहाईको बाम सरकारले के माथीका प्रश्नको जवाफ दिनसक्तछ? छ सरकार चित्तबुझ्दो जवाफ?

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button