कला साहित्य

साहित्यकार हिमोढ पहाडीको कालो सोमवार र राष्ट्रियताको उडान

स्वाधीनताकाे रक्षाका लागि
मेराे नसामा
देशप्रेम बग्दै थियाे
र त नालापानीमा
रगत र अाँशु समर्पित गर्दै थिएँ
मैले मेराे देशकाे माटाेलाई ।
धरहरा चढेर
भिमसेनले युद्धघाेष गरेकाे क्षण
मेराे माटाे जाेगाउन
जङ्गीनिशान अाेढेर
टुँडिखेलकाे परेडमा समाहित हुँदा
अमरसिंहकाे लल्कारलाई
भक्ति थापाकाे साहसले
सलाम गर्दै गर्दा
म उत्साहित थिएँ ।
युद्धको माेर्चामा
उनीहरू परास्त हुँदै गर्दा
उनीकाे कपटले
युद्धमा मेराे तरबार नथाक्दै
काठमाडौंमा दरबार झुक्याे
र त सुगाैली सन्धिमा
मैले मेराे माटाे जाेगाउन सकेन
त्याे कालाे साेमबार
मेराे अस्तित्व लुटिएकाे दिन
मेराे स्वाभिमान खाेसिएकाे क्षण ।
मलाई सधैं बिझेकाे थियाे
मेराे अास्थाकाे नारायणहिटीले
त्यसकाे हिसाब खाेज्छ कि खाेज्दैन
सिंहदरबारले त्याे अत्याचार
सहन्छ कि सहन्न
जङ्गी अड्डाले
त्याे विरासत धान्छ कि धान्दैन
अनुत्तरित म सधैं अनुत्तरित !
तर मलाई विश्वास थियाे
मेराे तिर्खा मेटेकाे टिष्टा
मेराे रगत धाेएकाे सतलज
युग युगसम्म साक्षी भइरहने छन् ।
मलाई स्वाभिमान छ मेराे माटाेमा
किनभने यतिबेला
ग्रेटर नेपालकाे झण्डा मुनी
राष्ट्रियताले उडान भरि रहेकाेछ भिमसेनकाे उदय भएको छ ।
राष्ट्रियता भजाएर
सिंहदरबारकाे सिँढी उक्लनेहरु हाे
सत्ताका लागि विदेशी प्रभुका
पाउ मल्नेहरु हाे
मेराे देशकाे माटाेलाई
बाँझाे सम्झिने दुस्साहस नगर ।
अतितकाे त्याे कालाे दिन
नयाँ अाशामा परिणत भएको छ
र त नेपाली राष्ट्रियताले
अाशावादी उडान भरिरहेकाे छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button