विश्व

भेनेजुएला संकट : जोन ग्वाईदोका सेनाप्रमुख पक्राऊ

काराकास – भेनेजुएलामा स्वघोषित राष्ट्रपति हुआँ ग्वाइदोका सेना प्रमुख रोबर्टो मारेरो पक्राउ परेका छन् ।

ग्वाइदो र उनको प्रतिपक्षी दलले यस्तो सूचना सार्वजनिक गरेको हो । साथै ग्वाइदोले मारेरोलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

ग्वाइदो र उनका अधिकारीहरुलाई पक्राउ नगर्न अमेरिकाले बारम्बार दिँदैआएको निर्देशनका बावजुद निकोलस मादुरोको सरकारले मारेरोलाई पक्राउ गरेको हो । बिहीबार मारेरोलाई पक्राउ गरेपछि ग्वाइदो र उनका समर्थकले आपत्ति जनाएका जनाएका छन् । साथै रिहा गर्न माग गरेका छन् ।

ग्वाइदोले ट्वीटरमा लेख्दै सरकारको विरोध जनाएका थिए । उनले जुनसुकै अवस्थामा पनि मारेरोलाई तत्काल रिहा गर्नुपर्ने भन्दै सरकारलाई चेतावनी समेत दिएका छन् ।

आफूलाई आफैँ राष्ट्रपति घोषणा गरेका हुआँ ग्वाइदो र निकोलस मादुरोको सरकारबीच केही महिनायता भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएको छ । अमेरिकाबाट समर्थन पाएका ग्वाइदोको दल र समर्थकले आन्दोलन गरिरहँदा मादुरो सरकारले आन्दोलनलाई दमन गरेको हो । ग्वाइदो छिमेकी मुलुकको भ्रमणपछि स्वदेश फर्कनुअघि नै मादुरोले भने उनलाई पक्राउ गर्नसक्ने संकेत गरिसकेका थिए

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button